मंसीर, १९ । सगरमाथाको काख सोलुखुम्बुले जन्माएको एउटा सुमधुर आवाज अर्थात कुमार प्रयास । उनको आवाज भोइस अफ नेपालमा एक पछि अर्काेलाई पछि पार्दै चम्कीरहेको छ । भोइस अफ नेपालको सिजन ५ को प्रतिस्पार्धा चलिरहेको छ । टिम उदय सोताङको उच्च तीनमा पर्न सफल भएपछि कुमार स्वरलाई थप माझ्दै छन् ।
भ्वाइस अफ नेपालको ब्लाइन्ड, ब्याटल, नकआउट चरणलाई सहजै पार गरेका उनी भोटिङ राउण्डमा प्रवेश गरेका छन् । अहिलेसम्म निर्णायकको विवेकबाट छानिएकाहरु उपाधीका लागि भोटिङमा जानु पर्नेछ । आम दर्शकको भोटका आधारमा विजयी बन्ने भएकाले प्रतिस्पर्धिहरु अब दर्शक रिझाउने गरी थप आफ्नो आवाजलाई माझ्ने छन् र चम्काउने छन् ।
कुमारले संगित क्षेत्रमा एक दशक विताइसके । १५ वटा भन्दा बढि गितमा स्वर भरिसके । तर दशक देखि नपाएको चर्चा महिना दिनमै कमाइसके । हुन त अहिलेको सफलताका पछाडी कुमारको त्यो कठोर साधना थियो ।
गायक कुमार प्रयासले १५ वटा भन्दा धेरै गीत गाईसकेका छन् । जुनको आँसु, मिठुको भट्टी, हिम्पी, फर्किने आसैमा जस्ता दर्जनौ उनका गितहरु छन् । आमाको निधनपछि गायक प्रयासले उनको सम्झनामा अस्ताएकी आमा बोलको गीत पनि गाए । पिरतीको कथा, मारेको छ नि हौ जस्ता उनका दर्जनौ गित चर्चित छन् ।
सोलुखुम्बुको थुलुङदुधकोशी गाउँपालिकाको लोखिममा जन्मिएका कुमार प्रयास अहिले ३० वर्षका भए । बाँकी जीवन पनि संगितमै विताउने प्रण गरेका छन् । र एक न एक दिन सफल गायक बन्ने मृगतृष्णामा छन् । सानै उमेरमा जीवनका अनेक हण्डर खाएका कुमार विगतका उकाली ओराली सहज थिएन । बुबाको अनुहार याद नहुँदै बुबाले श्रमका लागि भारत गए । त्यसपछि अहिलेसम्म फर्किएका छनन् । पछि आमाले दोस्रो विहे गरेर गइन् । बेसाहारा भएका उनी मामावलीको साहारामा हुर्किए । उनै जन्मदिने अमाले पनि धर्तीबाटै विदा लिएको दुई वर्ष भयो । आमाको दोस्रो विवाहबाट नयाँ साइनो पाएका बुबाले नै अहिले माया पाइरहेका छन् । दुई बहिनीका साथ बसिरहेका कुमारले गायन क्षेत्रमा संघर्ष गरिरहेका छन् । बुबाको मायाबाट अनुग्रहित छन् । उनको अबको सपना भोइस अफ नेपाल सिजन फाइभको टाइटल जित्ने छ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com