सोलुखुम्बु, चैत, १३ । थुलुङदुधकोशी गाउँपालिका, सर्वाेच्च शिखर सगरमाथा अवस्थित सोलुखुम्बुमा पर्दछ । यो जनसंख्याको आधारमा जिल्लाकै सबैभन्दा ठूलो गाउँपालिका हो । आदिमकालदेखि थुलुङ राई समूदायको बाहुल्य बसोबास र सगरमाथाको फेद देखि आधार क्षेत्रमा अविरल बगिरहेको दुधकोशी । पहिचान र सामाथ्र्यका आधारमा राज्यको पुनंरसंचना हुने अवधारणा अनुसार थुलुङदुधकोशी गाउँपालिका नामाकरण भएको हो । सोलुखुम्बु जिल्लाको सदरमुकाम सल्लेरीबाट दक्षिण पूर्वी भागमा अवस्थित यस गाउँपालिका तत्कालिन नेले, कांगेल, पंचन, जुबु, मुक्ली, देउसा र लोखीम गा.वि.स. मिलेर स्थापित भएको हो । मुक्ली केन्द्र रहेको यस गाउँपालिकाको ९ वटा वडाहरु रहेका छन् ।
पूर्वमा सोताङ गाउँपालिका, पश्चिममा सोलुदुधकुण्ड नगरपालिका, उत्तरमा माप्य दुधकोशी गाउँपालिका, दक्षिणमा नेचा सल्यान गाउँपालिका र खोटाङको ऐसेलुखर्क गाउँपालिका रहेको छ । यस गाउँपालिकाको जनसङख्या २२ हजार ३ सय ७५ र क्षेत्रफल १४४.६० वर्ग कि. मी. रहेको छ । विभिन्न धार्मिक तथा पर्यटकिय स्थल र प्राकृतिक सौन्दर्यताले भरीपूर्ण यस गाउँपालिकामा विगत केही वर्षदेखि विकासको मूल फुटिरहेको छ । यो बोलेर होइन गरेर विकास ल्याउने गाउँपालिका हो । यो स्थानीय तहको अवधारणा अनुसार विकास र रुपान्तरण नांगो आखाले हेर्ने गाउँपालिका हो ।
भौतिक पूर्वाधार ः
सुरुको अवस्थामा मुक्लीस्थित गाविसको भवनबाट सेवा सुरु गरेको गाउँपालिकाले तत्कालै अस्थाई भवन निर्माण गरि कार्य संचालन गर्याे । गाउँपालिकाको पहिलो कार्यकालमै अहिले सुविधायुक्त पक्की दुई तले आकर्षक भवन ठडिएको छ । जनप्रतिनिधि र कर्मचारी नयाँ भवनबाट जनताको सेवामा समर्पित छन् । कोदो फल्ने पाखो बारीमा जिल्लाकै सुविधायुक्त ५० शैयाको अस्पताल निर्माण भएको छ । एमडी डाक्टरको सेवामा शल्यक्रियासम्मको सुविधा दिने गरि यो अस्पताल यसैवर्षदेखि संचालनमा आएको छ । बाहिरबाट हेर्दा जति आकर्षक छ भित्र उस्तै सर्वसुलभ गुणस्तरीय उपचार सेवा चलिरहेको छ । दुधकोशी सामूदायिक अस्पताल गाउँपालिकाकै गौरवको आयोजना हो । आफ्नै बलबुतामा ठडिएको यो अस्पतालले संघीयताको महत्व न बोलेर कसैलाई बुझाउनु परेको छ न लेखेर कसैलाई अनुभूति गर्नु परेको छ । किराँती बाहुल्य गाउँमा सप्ताह ज्ञान महायज्ञ लगाएर करोडौँ दान भेटी उठाएर यो अस्पताल ठडियो । अस्पताल ठडियो मात्रै होइन, जातीय, धार्मिक, साँस्कृतिक एकता र मजबुद सम्वन्ध पनि उनियो । गाउँपालिका छेवैमा बहु प्राविधिक शिक्षालय संचालनमा आयो । गाउँमै पक्की भवन निर्माण गरि सोलुखुम्बुसहित छिमेकी जिल्लाहरुबाट विद्यार्थीहरु इन्जीनियरिङ अध्ययनका लागि अहिले मुक्ली केन्द्रीत छन् । गाउँपालिकाकै निगरानीमा प्राविधिक शिक्षालय चलिरहेको छ । यो पनि स्थानीय तहकै उपज हो । यी तिनैवटा विशाल संरचनाहरुको समुद्घाटन सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्नुभयो । आवश्यकताका आधारमा ४, ५ र ९ नम्बर वडामा वडा कार्यलयका सुविधायुक्त भवनहरु बनेका छन् । हामीले भन्नै पर्दैन, तथ्यहरु साक्षि छन् यति छोटो अवधीमा सोलुखुम्बुको अरु कुनै पनि स्थानीय तहमा विकासको रफ्तार बढेको छैन ।
सिंगै गाउँपालिका सडक संजालले जोडिएको छ । गाउँपालिकाको सिंगै ध्यान सडक स्तरोन्नतीमा छ । कोरोना कालमा समेत युवालाई रोजगारी दिलाएर सडक ग्राभेलिङ गरिएका छन् । गाउँभरीका सडकहरु बाह्रैमास संचालन भइरहेका छन् । ९ वटै वडामा सडक स्तरोन्नतीका योजना चलिरहेका छन् । ठेक्केदार कम्पनीले बर्खुघाटमा बनाइसक्नु पर्ने पुल अझैसम्म काम सुरु नगरेपछि गाउँपालिका आफैँ तात्तियो । जनताको सुविधाको खातिर दुधकोशी नदीमा ह्युमपाइप राखेर अस्थाई मोटरेबल लाइन तयार पार्याे । गाउँपालिकाको मुक्लीमै प्रहरी चौकीको पक्की भवन तयार भएको छ । प्रहारी नायब निरिक्षकको नेतृत्वमा गाउँपालिकाको शान्ति सुरक्षा भइरहेको छ ।
सुचना प्रविधिमा गाउँपालिका
आधुनिक प्रविधिको समयलाई गाउँपालिकाले अधिकतम सदुपयोग गरेको छ । सबै माध्यमिक विद्यालयहरु, स्वास्थ्य चौकी र वडा कार्यालयहरुमा इन्टरनेट सेवा विस्तार भएको छ । मावि र आविहरुमा विद्युतीय हाजिरी सिस्टम जडान भएका छन् । आधारभूत आइसिटि पूर्वाधारहरु सिसिटिभि, डिजिटल सुचना पाटी, एलइडी डिस्प्ले र सर्भर जडान भएका छन् । अनलाइन राजस्व संकलन, करदाता पोर्टलहरु संचालनमा छन् । जुन पोर्टलले सेवाग्राहीले अनलाइनबाटै कर तिर्न सक्छन् । सबै वडा कार्यालयबाट अनलाइन घटना दर्ता र बैँक मार्फत सामाजिक सुरक्षा भत्ता वितरण भइरहेको छ ।
गाउँपालिका तयार भएपछि लक्ष्मी विकास बैँकद्धारा गाउँमै वित्तिय सुविधा उपलब्ध गराइएको छ । भौगालिक विकटताका कारण लक्ष्मी बैँकको शाखारहित बैँकीङ सेवा जुबु र देउसामा चलाइएको छ । जस्ले बैँकीङ कारोवारकै लागि मुक्ली धाउनु परेको छैन ।
गाउँपालिकाभित्रका विद्यालयहरुमा स्टे याट स्कुल, क्लासरुम इन द क्लाउड जस्ता दातृ निकायहरुको सहकार्यमा भवनहरु तयार भएका छन् । रिड नेपाल जस्ता सस्थाहरुको सहयर्कामा शिक्षाको गुणस्तरमा वृद्धि गर्न हरेक विद्यालयमा निरन्तर प्रशिक्षण चलाइएको छ । लोखिममा प्लान्ट साइन्स अर्थात बाली विज्ञानको प्राविधिक शिक्षा सुरु गरेको ४ वर्ष भइसकेको छ । सामूदायिक विद्यालयहरुको पढाई गुणस्तर वृद्धीका लागि विद्यालय व्यवस्थापन समितिलाई सक्रिय बनाइएको छ भने शिक्षकलाई अनुशासित र जिम्मेवार बनाइएको छ । साक्षर गाउँपालिका घोषणा गरिएको छ । ५ वर्षे शिक्षा सुधार कार्यक्रम तयार पारिएको छ । सोही अनुसार गाउँपालिकाको शिक्षा योजना अघि बढाइएको छ ।
गाउँपालिकाको मूल लक्ष्य नै स्वास्थ्य र शिक्षामा आमूल परिवर्तन विकास हो । त्यसैले मुक्लीमा सामूदायिक अस्पताल निर्माण मात्रै होइन, हरेक वडाका स्वास्थ्य चौकीहरुको स्तरवृद्धी उपचार सेवामा सुधार र प्रसुती गृहलाई व्यवस्थित गर्ने कार्यलाई गाउँपालिकाले कुनै कसर बाँकी राखेको छैन । मातृ सुरक्षा कार्यक्रम सुरु गरे यता यो गाउँपालिकाले मातृ मृत्युदर सुन्यमा झारेको छ । ग्रामिण आँखा क्लिनिक संचालन, दन्त उपचार सेवा गाउँपालिकामै व्यवस्था भएको छ ।
पर्यटन प्रवद्र्धनका लागि सुकेपोखरी र जालिमपोखरीको गुरुयोजना तयार भएका छन् । सोही अनुसार बजेट आकारलाई मध्यनजर गरिएको छ । र विकासका योजनाहरु संचालनमा छन् । पदमार्गहरु स्तरोन्नती भएका छन् । केन्द्रीय विद्युत प्रसारण लाइनले गाउँपालिकालाई जोडेको छ । हरेक वडामा विद्युतीकरणका लागि अहिले धमाधम काम भइरहेको छ ।
गाउँपालिका केन्द्र मुक्लीमा प्रदेशस्तरीय खेलग्राम निर्माण भइरहेको छ । प्रदेशस्तरीय खेलग्रामको थ्रीडी डिजाइन अनुसार अब सुविधायुक्त, विशाल संरचना बन्नेछ । अध्यक्ष रनिङशिल्ड प्रतियोगिता बर्षेनी आयोजना गरि ग्रामिण खेल विकासका लागि योगदान पुर्याइरहेको छ ।
अघिल्लो कार्यकालमा कोरोना महामारीले विकास निर्माणमा निक्कै ठूलो धक्का दियो । तथापी गाउँपालिकाले लकडाउनको कष्टप्रद समयमा नागरिक बचाउ अभियान चलाउँदै काठमाडौँसहित देशका मुख्य शहरहरुमा बन्दी बनेका नागरिकहरुलाई व्यापक उद्धार कार्य चलायो । तीन हजार भन्दा बढि नागरिकलाई हप्ता दिन भित्रै सुरक्षित उद्धार गरि गाउँ लगियो । कोरोना सचेतना कार्यक्रम र राहत वितरण कार्य पनि जनप्रशंसनीय बन्यो ।
गाउँपालिकाले सामाजिक सेवा र प्रसाशनिक सुधारका कार्यक्रमहरुमा उल्लेख्य सुधार गरेको छ । बजार अनुगमन, योजना अनुगमनलाई व्यापक र नियमित बनाइएको छ । सार्वजनिक सुनुवाइ, सुचना तथा प्रकाशन प्रसारण जस्ता कार्यलाई यो गाउँपालिकाले जवाफदेहिताको माध्यम बनाएको छ । स्थानीय देखि राष्ट्रिय प्रसारणका माध्यमहरुमा यो गाउँपालिकाले दरिलो उपस्थीति देखाएको छ । युवा र जुझारु नेतृत्व, कर्मठ भावना, विकासप्रेमी विचारहरुको समिश्रण हुँदा चाहे के हुँदैन भन्ने छ्यांङ तस्वीर थुलुङ दुधकोशीमा देख्न पाइन्छ । विकास एकैपटक, एक्लै सम्भव हुने जादु होइन । तर इच्छाशक्ति, दृढ संकल्प र गुरु योजनाका अगाडी असम्भव पनि होइन ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com