भदौ, २७ । प्रथम जननिर्वाचित प्रधानमन्त्री स्वर्गिय विपी कोइरालाको १ सय १० औँ जन्म जयन्ती सप्ताहको अवसरमा विपी स्टडी युथ सर्कलले विपिको विचार सिद्धान्तबारे सम्मेलन आयोजना गरेको छ ।
काभ्रेपलान्चोक जिल्लाको धुलिखेलमामा आयोजित कार्यक्रममा विपीको सिद्धान्तलाई काँग्रेसका नेताहरुले अनुसरण गर्न नसकेकोमा चिन्ता प्रकट गरिएको छ । काँग्रेस वरिष्ठ नेता डा. शेखर कोइरालाले विपीले सुरु गरेको मेलमिलाप र त्यागको राजनीतिक सिद्धान्त काँग्रेसभित्र खडेरी परेको बताए । काँग्रेसभित्र संस्थापन पक्षले पार्टीका नेता कार्यकर्तालाई समान व्यवहार नगरी आफ्ना प्रिय पात्रहरुलाई मात्रै काखी च्यापेको आरोप लगाए ।
यस्तै काँग्रेसका केन्द्रीय सदस्य मधु आचार्यले विपिको सिद्धान्तलाई अनुसरण गर्न सके मात्रै विपि प्रति उच्च सम्मान ठहरिने बताए । देशभरबाट विपी स्टडी युथ सर्कलको प्रतिनिधित्व गरि धुलिखेलमा सहभागी भएका युवाहरुले काँग्रेसलाई गुट र स्वार्थको राजनीतिले सखाप बनाएकोमा चिन्ता व्यक्त गरेका छन् । युवा नेता गुरु घिमिरेले त्यस्ता विकृतीलाई सभापति शेर बहादुर देउवाले प्रश्रय दिइरहेको बताए । अबको युवा पंक्तिले हस्तक्षेपकारी भूमिका खेल्नु पर्ने बताए ।
यस्तै युवा नेता भूपेन्द्रजंग शाहीले नेपाली काँग्रेसमा नव जागरणको आवश्यकता रहेको औँल्याए । विपीको पथ भूल्दा पार्टीको मुल नेतृत्व लोभ र मोहमा फसेको आरोप लगाए । सभापति शेरबहादुर देउवा प्रतिलक्षित गरि शाहीले संधै शत्तिःकै पछी मात्रे लागेको तर पार्टी जोगाउने र नयाँलाई अवसरबाट बन्चीत गर्ने उदेश्यमा लागेको आरोप लगाए ।
आयोजक संस्था विपी स्टडी युथ सर्कलका अध्यक्ष ऋषि कोइरालाले यो संस्थालाई देशैभर पुर्याउने र विपीको निति सिद्धान्त तथा विचारलाई नयाँ पुस्तामा पुर्याउने बताए । धुलिखेलको मिराबल रिसोर्टमा आयोजित कार्यक्रममा झण्डै दुई सय जना युवाहरुको सहभागिता रहेको थियो । उनीहरु सातै प्रदेशलाई प्रतिनिधित्व गरि कार्यक्रममा उपस्थितच भएका थिए । सम्मेलनको उद्घाटन सत्रमा संविधान सभा सदस्य रंन्जित कर्ण देखि प्रतिनिधिसभा सदस्यहरुले विपिको सम्झना गर्दै काँग्रेसको निति तथा विचारका बारेमा आफ्नो धारणा राखेका थिए ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com