काठमाडौँ । नेकपा एमालेका नेता विशाल भट्टराई विरामी भई अस्पताल भर्ना भएका छन् । दुई दिन देखि काठमाडौँको बानेश्वरस्थित शिभिल अस्पतालमा उपचाररत नेता भट्टराईलाई स्क्रबटाइफसको संक्रमण भएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । स्क्रब टाइफस एक किसिमको सरुवा रोग हो । यो रोग लाग्ने किर्ना जस्तो देखिने किरा (माइट) को टोकाइबाट मानिसमा सर्दछ। यो रोग माइटमा पाइने ओरेन्सिया सुसुगामुसीभन्ने जिवाणुबाट लाग्दछ। माइट प्रायः झाडी, खेतबारी, वनजंगल, घर वरिपरिको झाडी वा घुरान हुने ठाँउमा देखिने गर्दछ ।
शरिर असहज भएपछि नेता भट्टराई करिव एक हप्ता देखि घरमै आराम गरिरहेका थिए । रुघाखोकी तथा ज्वरोको लक्षण देखिएका भट्टराईको शिभिल अस्पतालमा स्वास्थ्य परिक्षण गर्दा स्क्रबटाइफस पुष्टि भएको एमाले खोटाङका नेता कुमार आचार्यले जानकारी दिए । उनले भने, ‘हिजो मात्रै अस्पताल भर्ना गरिएको हो । रोगको पहिचान भएपछि हाल उपचार भइरहेको छ । स्वास्थ्य सुधारोन्मुख रहेको डाक्टरहरुले बताएका छन् ।’
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com