उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले संसद्मा बोल्न पाउने आफ्नो अधिकार हनन भएको बताउनुभएको छ । शनिबार चितवनमा सञ्चारकर्मीसंग कुरा गर्दै लामिछानले सहकारी प्रकरणमा ‘छानबिन समिति बनाए कुनै फरक नपर्ने तर संसदमा भने बोल्न पाउनुपर्ने बताउनुभयो । उहाले आफूमाथि लागेको आरोप प्रमाणित गर्न चुनौती दिनुभयो । काँग्रेसले संसद् र आफ्नो दल राष्ट्रिय स्वतन्त्र पार्टीलाई ‘यसो गर, त्यसो नगर’ भनेर आदेश दिन नमिल्ने उहाले बताउनुभयो । त्यस्तै लामिछानेले सहकारी ठगीका मुख्य आरोपी जीवी राईलाई नियन्त्रणमा लिने प्रयास भइरहेको उहाँले बताउनुभयो । निजलाई पक्राउ गर्न प्रक्रियागत काम भइरहेका उहाँले जानकारी दिनुभयो । राईलाई पक्राउ गर्न मलेसियाका गृहमन्त्रीसँग कुराकानी भइरहेको र उक्त देशसँग प्रत्यर्पण सन्धि नभएकाले केही समस्या भएको उहाले बताउनुभयो ।
तयस्तै उहाँले त्यसलाई समाधान गरेर जीवी राईलाई चाँडै पक्राउ गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com