काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले सरकारमा रहेका कांग्रेसका मन्त्रीहरुले राम्रो काम गर्न नसकेको आरोप लगाएका छन् ।
केन्द्रीय समितिको तेस्रो दिनको बैठकमा बोल्ने क्रममा केन्द्रीय सदस्य पौडेलले, ‘हाम्रा साथीहरु मन्त्रिमण्डलमा हुनुहुन्छ । राम्रो काम गरेको भनेर मैले देशभरि भाषण गर्न पाइन । मेरा साथी मन्त्री भएका कारण यस्तो उपलब्धी भयो भनेर कांग्रेसका कुनै पनि साथीले भन्न पाएको स्थिति छैन ।’
पौडेलले आर्थिक अवस्था दयनीय रहेको टिप्पणी गरे ।
‘३५ प्रतिशत सटरहरु आज बन्द रहेको व्यवसायीले भनेका छन् । खाद्यान्नमा महँगी १४ प्रतिशत बढेको छ,’ पौडेलले भने,‘एक बोरा चामलमा तिन समयसम्म बढेको छ । बैठकले निर्णय गरेर मात्रै भएन, सरकारलाई यो काम गर सभापतिले भन्नसक्नुपर्यो ।’
उनले भ्रातृ संस्थाको अधिवेशनमा आशंका राख्दै सभापति शेरबहादुर देउवासँग जवाफ पनि मागेका छन् ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com