असार, १० । सोलुखुम्बुको खुम्बु पासाङल्हमु गाउँपालिकाले ७४ करोड ४५ लाखको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको आन्तरिक आयबाट ३४ करोड ९४ लाख ९ हजार ७ सय ८९ रुपैया, संघीय सरकारबाट २१ करोड ७१ लाख ९० हजार र प्रदेश सरकारबाट प्राप्त २ करोड ४४ लाख ५७ हजार रुपैया बजेटमा समावेश छ ।
यस्तै, राजस्व बाँडफाडबाट १६ करोड ३४ लाख ४३ हजार रुपैया समावेश छ । कुल बजेटको ४६.३१ प्रतिशत बजेट गाउँपालिकाको आफ्नै आयस्रोत हो । खुम्बु पासाङल्हमु गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि पुर्वाधार विकासतर्फ सवैभन्दा बढि अर्थात ३६ करोड ९४ लाख ६० हजार रुपैया विनियोजन गरेको छ ।
सामाजिक विकास तर्फ १९ करोड ७९ लाख २७ हजार रुपैया विनियोजन गरेको छ । यस्तै, भौतिक पूर्वाधारतर्फ चौरीखर्क जोड्ने निमदोर्जी शेर्पा पर्यटन सडक ट्रयाक ओपन कार्यक्रमका लागि ५ करोड ५० लाख रुपैया बजेट विनियोजन गरिएको छ । आगामी आर्थिक वर्षमा नै उक्त सडकको ट्रयाक ओपनको काम सम्पन्न गर्ने लक्ष्य लिएको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com