साउन, ८ । पोखराबाट सुरु भएको सच्चाई केन्द्र नामक अर्धधार्मिक संगठन अहिले देशका अधिकांश जिल्लामा पुगिसकेको छ । यो संस्थामा लाखौँ मानिसहरु आवद्ध भइसकेका छन् । तर अब यो संगठन तहसनहस हुने अवस्थामा पुगेको छ । यसको अध्यक्ष हुन् प्रकाशदिप गैरे । उनले पोखराबाटै यो सस्थाको सुरुवात गरेका थिए । तर पोखरालगायत काठमाडौँका अधिकांश शाखाहरुमा प्रकाशदिप गैरेको विरोध सुरु भएको छ ।
सँधै पैसा मात्रै मागेको, शाखाका प्रमुख, लिडरहरुलाई अनेक डर धम्की दिएको, जबरजस्ती शाखाका भवन छाड्न दवाव दिएको भन्दै सच्चाई केन्द्रका अनुयायीहरु आक्रोशित भएका हुन् । पोखरास्थित काहुखोलामा रहेको सच्चाई केन्द्रमा आवद्ध मानिसहरु पनि उनीबिरुद्ध उत्रिएका हुन् । प्रकाशदिप गैरेले सच्चाई केन्द्रको भवनमा कार्यक्रम गर्न जबरजस्ती बन्देज लगाएको भन्दै उनीहरुले आक्रोश पोखेका छन्। सच्चाईको भवनमा हुलदंगा हुने स्थिति पैदा भएपछि प्रहरी प्रशासनले अर्कै हलमा बस्न आग्रह गरेपछि संयमित बनेका उनीहरु गुरुङ समाजको हलमा गएको शनिबार सत्संग गरे ।
सच्चाईका अनुयायीहरुले प्रकाशदिप गैरे र उनको श्रीमति सुशिला कट्टेललाई गुरुकै रुपमा पुज्दथे । तर लामो समयदेखि आफूहरुमाथि भइरहेको शोषणका बारेमा बोल्न सकिरहेका थिएनन् । तर अन्यायको सिमा नाघेपछि सोझासिधाहरु बोल्न बाध्य भएका छन् ।
समस्या के हो त ?
प्रकाशदिप गैरेका दम्पत्तिले करिव १० वर्ष पहिले पोखराबाटै सच्चाई केन्द्रको सुरुवात गराएका थिए । मानिसका शरिरमा लागेका रोगहरु दुख पीरहरु सबै निको हुने भन्दै शाखा खोले । भजनकिर्तन र प्रार्थनामा गहिरो प्रेममा परेका मानिसहरुलाई के कारणले शान्ति मिल्यो त्यो अर्कै बहस होला तर प्रकाश दिप गैरेले ह्वारह्वार मानिस आउन थालेपछि पोखराकै ठाउँ ठाउँमा शाखा विस्तार गरे । त्यहाँबाट काठमाडौँ हुदै देशका विभिन्न जिल्लामा शाखा विसतार गर्न पुगे । लाखौँ मानिस आवद्ध भएपछि प्रकाशदिप गैरेले पैसा उठाउन थाले । यो कार्यक्रम हरेक शनिबार हरेक शाखामा चल्छ । यस्तो शाखा देशैभर ३५० भन्दा बढि रहेको बताइन्छ । एउटा शाखामा २÷३ सय देखि हजारजनासम्म आबद्ध भएका हुन्छन् । उनीहरुले हरेक शनिबार मुल गुरु मानेर प्रकाशदिप गैरे र उनको श्रीमतिको नाममा दान भेटि उठाउँछन् । आँखा नहेरी गोजीबाट निकालेर दान गर्नु भन्ने निर्देशन छ त्यसैले आँखा बन्द गरेर गोजीबाट जति पैसा उठ्छ त्यत्ति दानको रुपमा कसैले नदेख्ने गरि झोलामा हाल्नुपर्छ । र यसरी संकलन भएको पैसा पोखरास्थिति प्रकाशदिप गैरेको मुख्यालयमा पठाउनुपर्छ । हरेक शनिवार गर्दा पनि महिनाको चार पटक सत्संग हुन्छ र हरेक पटक पैसा यसैगरी उठाइन्छ ।
देशैभरबाट उठेको दान भेटी बोरोमा हालेर शाखा प्रमुखहरुले पोखरा पुर्याउनै पर्छ । अब तपाई अनुमान लगाउनुस् देशैभरका शाखाबाट हरेक महिना संकलित सबै पैसा पठाउँदा कति रकम हुँदो हो । यो पैसा शाखाका प्रमुहरुले हेर्न पनि पाउँदैनन् । यी बाहेक संस्थाको लोगो प्रयोग गर्दा, व्यानर प्रयोग गर्दा सदस्य आबद्ध रहेको सख्याका आधारमा २ हजार देखि १५ हजार रुपैयाँसम्म बुझाउनु पर्छ । यसरी उठाएको पैसाबाट उनी एकाध वर्षमै अरव पति भइसकेको र लाटा सोझा जनतालाई झुक्याएको सच्चाई मान्नेहरु बताउँछन् ।
काहुखोलाका सच्चाई मान्नेहरुले आफेँ आफैँमा सरसहयोग गरि जग्गा लिजमा लिएर यो टहरा बनाएका थिए । तर प्रकाश गै्ररेले उक्त भवन आफ्नो भएको दावी गरेपछि पोखरामा प्रकाश गैरै भर्सेज काउखोलाबासीको लडाइँ सुरु भएको देखिन्छ । पोखरामा सच्चाई मान्ने यति ठूलो डिभडले प्रकाशदिप गैरेको चर्को आलोचना र विरोध मात्रै गरेका छन् । देशैभरका सच्चाई अनुयायीलाई ठगी धन्दामा लागेका गैरैलाई चिन्न र सचेत रहन उनीहरुले आग्रह गरेका छन् ।
अहिले काठमाडौँका अधिकांश शाखाहरुमा पनि प्रकाश दिप गैरेले जबरजस्ती हस्तक्षेप गर्ने र आदरसम्मान स्वरुप पोखरामा दान दक्षिणा नपठाए सच्चाई केन्द्र भवनसहित नियन्त्रणमा लिनेधम्की समेत दिने गरेको उनीहरुको भनाई रहेको छ । यस बारेमा बुझ्न प्रकाशदिप गैरे संग पटक पटक सम्पर्क गर्दा पनि फोन रिसिभ गरेनन् । म्यासेजको समेत कुनै प्रतिक्रिया दिएका छैनन् । यद्यपी सच्चाई नाम गरेर प्रकाश गैरे लामो समयदेखि गठी धन्दा चलाईरहेका थिए । गरिव निमुखा र अशिक्षित महिलाहरुलाई बढि प्रयोग गरि ठगी आतंक मच्चाएर आयश्रोत बलियो बनाइरहेका छन् । यो तथ्यको भेद सच्चाईमा आवद्धहरुले थाहा पाउन थालेका छन् । र प्रकाशदिप गैरेलाई बेवास्ता गरि आफुहरु इश्वरको प्रार्थनामा लाग्ने बताएका छन् । यसको संकत अब सच्चाई केन्द्र प्रकाशदिप गैरेको विरुद्धमा उर्लिएको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com