साउन, २४ । नेकपा माओवादी केन्द्रले सुन तस्करीमा आफ्नो पार्टीका नेता दोषी देखिए कारबाही गरिने बताएको छ । माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले सुन तस्करी प्रकरणमा दोषी प्रमाणित भए पार्टीकै नेतामाथि पनि कारबाही हुने प्रष्ट्याएका हुन् ।
प्रवक्ताको जिम्मेवारी पाएपछि बुधबार पार्टी कार्यालय पेरिसडाँडामा उनले पत्रकार सम्मेलन गरेका थिए । पत्रकार सम्मेलनमा सापकोटाले सुन तस्करी प्रकरणलाई निष्कर्षमा पुर्याउन प्रधानमन्त्री प्रतिबद्ध रहेको बताए । उनले भने, ‘तथ्य र प्रमाणले पुष्टि भएको पार्टीकै नेतामाथि छानबिन र कारबाही हुन्छ’।,
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com