वैशाख, १७ । सफलतासहित काठमाडौँका दुई एसएसपीहरुको सरुवा भएको छ । काठमाडौँ जिल्ला प्रहरी परिसर टेकु र काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा कमाण्ड गरिरहेका एसएसपीद्धय भुपेन्द्र खत्री र सौमेन्द्र सिंह राठोरको एकै पटक सरुवा भएको छ । उनीहरुले ८ महिना कमाण्ड सम्हाले ।
कस्तो रहयो त यी दुई काविल मानिएका एसएसपीहरुको काठमाडौँ कार्याकाल ?
यी दुवै अफिसरहरु २०८० भदौ ४ गते काठमाडौँको जिम्मेवारीमा आएका थिए । सुरुमा चर्चा गरौँ नेपाल प्रहरीका काविल अफिसर एसएसपी सौमेन्द्र सिंह राठोरको । थोरै बोल्ने स्टेट फरवार्ड स्वभावका उनी काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा भदौ ४ गते नै हाजिर भएका थिए । यीनले आफ्नो ८ महिना कार्यकालमा हतियार सहित गुण्डागर्दीमा लागेकाहरु माथि गोली चलाएरै पक्राउ गर्ने देखि बैदेशिक रोजगारीमा पठाइदिने भन्दै १० औँ हजार नेपालीलाई रकम ठगेर पिडित बनाएका सयौँलाई पक्राउ गरेर खोरमा थुनेका छन् । बौद्ध, पेप्सीकोला र सातदोबाटोमा गोली प्रहार गरि घाइते बनाई हतियारधारी गुण्डागर्दी पृष्ठभूमिका अभियुक्तलाई नियन्त्रणमा लिन सफल भए ।
त्यो भन्दा ठूलो कुरा खासै प्रहरीले पनि विशेष ध्यान दिन नसकेको बैदेशिक रोजगारीको ठगी घटनालाई एसएसपी राठोरले प्राथमिकतामा राखे । बैदेशिक रोजगार विभाबाट ठगीएका पिडित र ठगहरुको सुची मगाए । र यसबारे विशेष अपरेशन चलाए । उनले ८ महिनाको अवधीमा २८५ त्यस्ता ठगहरु समाते । र आवश्यक कारवाहीका लागि विभागमा पठाए । त्यस मध्यका पनि छ सय युवालाई विदेश पठाइदिन्छु भनि २७ करोड कुम्ल्याएर फरार सुजन तामाङ पक्राउ परेको घटनाले तरंग श्रृजना गर्याे । सम्भवत विदेश उडाीदने धन्दामा हालसम्म पक्राउ परेका यीनै व्यक्ति सबैभन्दा ठूलो ठग हो । यीनि पक्राउ पर्दा पिडितहरु प्रहरी कार्यालयमै सयौँको संख्यामा उपस्थित भएका थिए । एसएसपी राठौरले यो अभियानलाई यति प्राथमिकतामा राखे की हरेक दिन ४÷५ जना ठगहरु पक्राउ परेको प्रेस रिलिस मिडिया हाउसहरुमा पुगिरहन्थ्यो । ठगीमा परेका हजारौँ व्यक्तिले यसबीचमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय प्रति आभार प्रकट गरे ।
यसबीचमा गत माघ २२ गते तारेभीरमा सुष्मा लामा गायब भइन् । केही दिनमा उनको शव गाडिएको अवस्थामा गाउँ नजिकै फेला पर्याे । हत्यारा पत्त लगाउन प्रहरीलाई सानो सकस थिएन किनकी प्रहरीले कति दिसम्म कुनै क्लु फेला पार्न सकेको थिएन । तर एसएसपी राठोर घटनास्थलमै खटिए । झण्डै ४५ दिन पछि अपराधीलाई गाउँमै फेला पारे । र चैत्र ४ गते घटनामा संलग्न भएको आरोपमा २१ वर्षीय रुपेन्द्र लामालाई सार्वजनिक गरियो । हाल उनी पुर्पक्षका लागि जेलमा छन् । उनकै कमाण्डमा नक्कली मदिरा उत्पादन गरि ब्राण्डेड बोतलमा हालेर विक्री गरिरहेको सुचनाका आधारमा ठूलो परिमाणमा मदिरा सहित कारोवारीहरु पक्राउ गरि खोरमा हुलिएको छ । उनको कार्यकालमा गम्भीर प्रकृतिका अपराधहरुको पुराना फाइलहरु खोलिएको छ । अनुसन्धान थाँती राखेर दराजमा थन्क्याइएका पुराना फाइलहरु पल्टाउँदै दशक पुराना अपराधमा संलग्न अपराधीहरु जो फरार थिए उनीहरुलाई भारतसम्म पुगेर यो कार्यालयले पक्राउ गर्न सफलता पाएको छ ।
मोटो रकम पाउने भएपछि थुनुवालाई भगाएर आफू पनि भागेका एक जना प्रहरीलाई यो कार्यालयले १६ वर्ष पछि पक्राउ गर्न सफल भयो । महानगरीय प्रहरी परिसर हनुमान ढोकाको हिरासतमा रहेका भारतको रक्सौल घर भएका ३९ वर्षीय असरफ आलमलाई २०६४ सालमा भगाएर आफू पनि भागेका प्रहरी जवान बीरबल यादव यही माघ ११ गते नेपाल भारत सिमा क्षेत्र काकरभिट्टाबाट पक्राउ गर्न एसएसपी राठोरको टोली सफल भयो ।
नेपालप्रहरीका अर्का एसएसपी भुपेन्द्र खत्रीले जिल्ला प्रहरी परिसर काठमाडौँमा रहँदा आफ्नो कार्यकाल सानदार बनाए । उनको क्षमता त्यत्तिबेला जनताले मापन गरे जति बेला काठमाडौँमा दुर्गा प्रसाइँ र महेश बस्नेतको महाभिडन्त हुँदै थियो । अर्थात कार्तिक ७ गते दुवै आपसमा भिड्ने मूड सहित माइतीघरमा शक्ति प्रर्दशनमा उत्रिए । तर एउटा समूहलाई बल्खु त अर्काे समूहलाई तीनकुनेमा हुत्याइयो । माइतीघरमा निषेधाज्ञा जारी भयो । तथापी विना कुनै क्षति त्यो दिनको सुरक्षा व्यवस्था पार लगाउन एसएसपी खत्री सफल भए । त्यसपछि काठमाडौँमा डरलाग्दा रहस्यमय लाग्ने हत्याको श्रृङखला नै चल्यो ।
हुन त यी दुई एसएसपी भदौ ४ गते काठमाडौँमा आए । त्यही राती शुक्रबार काठमाडौँको तीनकुनेमा बोल्न सुन्न नसक्ने सञ्जय भण्डारीले ४ जनाको विभत्स हत्या गरे । तिनकुनेस्थित दिव्य काष्ठ उद्योगभित्र चार जनाको अनाहकमा प्राण पखेरु उडाएर भागेका सञ्जयलाई प्रहरीले २४ घण्टाभित्रै पक्राउ गर्न सफल भयो ।
माघ ७ गते काठमाडौँको शोभा भगवतीमा डरलाग्दो घटना देखियो । जहाँ दुई तले सेतो घरमा तीन महिनाअघि कोठाभित्र महिलाको हत्या गरेर शव राखेको घटना थियो । हत्याराको कुनै सुइको नपाएको यो घटनाका अभियुक्त घटना थाहा भएको दुई दिनमै पत्ता लागेको थियो । ती भारतीय नागरिक थिए । र महिलासंग अनैतिक सम्वन्धमा बसेर हत्या गरि फरार थिए । भारत भाग्नै लाग्दा कालीमाटिबाट प्रहरीले यीनलाई पक्राउ गर्न सफल भएको थियो । भूपेन्द्रकै कार्यकालमा नागार्जुन नगरपालिकामा पर्ने सितापाइलामा अनौठो हृदयविदारक घटना घट्यो । जहाँ सोलुखुम्बुका एक पुरुषले आफ्नै श्रीमति, छोरी र नातिनीको हत्या गरि आत्महत्या गरे । हत्यारा आफेँले आत्महत्या गरेपछि प्रहरीले खासै गहिरो अनुसन्धान गर्न परेन । घटना फागुन ९ गतेको थियो ।
एसएसपी खत्री नेतृत्वकै प्रहरीले फागुन ३ गते अर्काे गम्भीर रहस्यमय अपराध उद्घाटन गर्याे । भारतीय नागरिकहरुलाई युृरोपियन देश पठाइदिने भन्दै मोटो रकम असुलेर नेपाल ल्याएर बन्धक बनाउने गिरोहलाई नै पक्राउ गर्याे । टेकु प्रहरीले नेपाली भूमिलाई दुरुपयोग गरेर भारतरीयहरुले कसरी मानव तस्करी गर्छन् भन्ने रहस्य उदांगो बनाइदिएको थियो ।
आफ्नो कार्यकालमा यी दुवै अफिसरहरुले विग अपरेशनहरु चलाए । काम देखाउने अफिसरहरुका लागि काठमाडौँ जस्तो ठाउँ अवसरहरुको उर्वर भूमि हो । काठमाडौँमा त्यस्ता प्रहरीलाई मात्रै जिम्मेवारी दिइन्छ जो अपराध अनुसन्धान र कमाण्ड नियन्त्रण गर्न सक्ने काविल छन् । र काठमाडौँमा कमाण्ड गर्न पाउने अफिसरहरुलाई भावी आईजीपीकै रुपमा हेरिन्छ । हाल उनीहरु मध्य एसएसपी भुपेन्द्र खत्रीलाई अपराध अनुसन्धान विभागमा सरुवा गरिएको छ । विभागमा रहेका बसन्त रजौरेलाई काठमाडौं प्रमुखको जिम्मेवारी दिइएको छ ।
एसएसपी सोमेन्द्रसिंह राठोरलाई राष्ट्रिय सुरक्षा परिषद्मा सरुवा गरिएको छ भने परिषद्मा रहेका सानुराम भट्टराई, राठोरको स्थानमा आएका छन् ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com