जेठ, १३ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्को अवरोध अन्त्यका लागि कांग्रेसलाई आग्रह गर्नुभएको छ । आइतबार बुढानिलकण्ठमा कांग्रेस सभापति शेर बहादुर देउवासंग छलफल गर्दै प्रधानमन्त्री प्रचण्डले संसद्को अवरोध अन्त्य गरि नीति तथा कार्यक्रम पारितका साथै बजेट ल्याउनका लागि सहज वातावरण बनाउन आग्रह गर्नुभएको हो ।
प्रधानमन्त्री प्रचण्डले न्त्री जीवन परियारले जानकारी दिनुभयो । छलफल पछि आइतबार नै बुढानिलकण्ठमा बसेको कांग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकले सहकारी प्रकरणमा कांग्रेसले किटान गरेको व्यक्तिको नाम नराखि छानविन हुन नसक्ने निष्कर्ष निकालेको परियारले बताउनुभयो ।
गोर्खा मिडिया नेटवर्कको नाम मात्र लिएरमात्रै नपुग्ने भन्दै उहाले व्यक्तिको नाम उल्लेख गरेर नै छानविन समिति बनाउनुपर्ने जिकिर गर्नुभयो । कांग्रेसले सहकारी प्रकरणमा गृहमन्त्रीको नाम उल्लेख गरेर नै संसदीय छानविन समिति बनाउनुपर्ने अडान राख्दै आएको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com