चैत, १२ । अछामको मेल्लेख गाउँपालिकामा भएको ट्याक्टर दुर्घटनामा परि ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मेल्लेख–१ का रङ्ग धामी, जनक धामी, प्रेम धामी, नरबहादुर धामी र जनक धामी रहेका छन् ।
षोडशाबाट साँफेबगरतर्फ जाँदै गरेको ०१ ००२ त ४९७९ नम्बरको ट्याक्टर मेल्लेख–७ नन्देगडाको सुयडीमा आज बिहान ट्याक्टर दुर्घटना भएको हो । दुर्घटनामा अन्य तीन जना घाइते भएका प्रहरीले जनाएको छ ।
लालबहादुर धामी, हंस धामी र देवेन्द्र धामी घाइते भएका छन् । घाइते तीनै जनालाई उपचारका लागि बयलपाटा अस्पताल पुर्याइएको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com