साउन, १२ । सोलुखुम्बु बहुमुखी क्याम्पसले गरिब तथा जेहेन्दार एक सय जना विद्यार्थीलाई निशुल्क पढाउने भएको छ । क्याम्पसले कक्षा ११ र १२ मा गरि १०० जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई निशुल्क पढ्ने व्यवस्था मिलाएको हो ।
यो वर्ष क्याम्पसमा शिक्षा, वाणिज्य र मानविकी संकायमा अध्ययन गर्न इच्छुक कक्षा ११ का ५० जना विद्यार्थीलाई निशुल्क अध्ययनको व्यवस्था मिलाइएको सोलुखुम्बु बहुमुखी क्याम्पसका प्रमुख उद्धव प्रसाद शर्माले जानकारी दिए ।
त्यस्तै अर्को वर्ष अर्थात २०८१ सालमा कक्षा १२ मा अध्ययन गर्ने ५० जना विद्यार्थीलाई निशुल्क भर्ना गरि अध्ययनको व्यवस्था मिलाइने क्याम्पस प्रमुख शर्माले बताए ।
निशुल्क अध्ययन गर्न ईच्छुक विद्यार्थीले यही साउन मसान्तसम्म भर्ना गरिसक्नुपर्नेछ । विद्यार्थीले निशुल्क अध्ययनका लागि आफु गरिब तथा जेहेन्दार विद्यार्थीको भएको कुरा खुलाउने गरि आफुले अध्ययन गरेको विद्यालय, वडा तथा पालिकाबाट सिफारिस ल्याउनुपर्नेछ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com