फागुन, २८ । केन्द्रमा सत्ता समिकरण बदलिएसंगै नागरिक उन्मुक्ति पार्टीबाट भूमि मन्त्री बनेकी रन्जीता श्रेष्ठको पद गयो । रन्जीता सरकारलाई समर्थन गर्दै केन्द्र सरकारमै सहभागी हुनु पर्ने अडानमा छिन् । त्यसो गर्दा रन्जीता पुन मन्त्री पदमा दोहोरिन पाउनेछिन् ।
तर उनको श्रीमान समेत रहेका रेशम चौधरी सरकारलाई समर्थन गर्ने तर आफ्नो पार्टीको जनाधार बलियो रहेको सुदुरपश्चिम प्रदेशको मुख्यमन्त्री लिनु पर्ने अडानमा छन् । त्यसो गर्दा आफ्नो आधार क्षेत्रमा परिणाम देखाउन सकिने र भविष्यको राजनीति थप सुरक्षित हुने योजनामा छन् । फलस्वरुप नेता रेशम चौधरीले सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुन ३ जनालाई मन्त्री बनाएर पठाए । तर उनकै श्रीमति पार्टी अध्यक्ष रन्जीता श्रेष्ठले रेशमले भनेर हुँदैन प्रदेश सरकारबाट मन्त्रीहरु फिर्ता आउनु भन्दै उर्दी जारी गरिन् । श्रीमान् श्रीमतिको झगडाले विचरा सरकारमा गएका प्रदेशका मन्त्रीहरु न मनत्री नै भइरहनु न फिर्ता आउनुको दोसाँधमा छन् ।
पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले आफूसँग सल्लाह नै नगरी प्रदेश सरकारमा सहभागी भएको भन्दै मन्त्रीहरूलाई तत्काल फिर्ता हुन निर्देशन दिएकी मात्रै छैनन् । नआए कारवाही हुने चेतावनी दिएकी छिन् । रन्जीता र रेशम दम्पत्तिको घर झगडाले पार्टी राजनीति लाजमर्दाे अवस्थामा पुगेको छ । रन्जीता श्रेष्ठ रेशम चौधरकिो कान्छी श्रीमति हुन् । त्यस्तै परे यी दुर्यको यही लडाइँले डिभोर्स नै हुने खतरा बढेको छ । श्रोतका अनुसार यी दुईको आजकाल खासै भेटघाट पनि हुन छाडेको बुझिएको छ । टिकापुर घटना पछि अपराधीको रुपमा लामो समय जेल बसेका रेशम चौधरीको राजनीतिको विँडो श्रीमति रन्जीता श्रेष्ठले सम्हालेकी थिइन् । रेशम चौधर िजेलबाट बाहिरिँदासम्म रन्जीताले पार्टी चलायमान बनाई चुनावमा उठेर विजयी भई सांसद नै बनिन् । र सरकारमा मन्त्री बनेर सहभागी बनिन् । उनै रन्जीताको जोडबलमा रेशम चौधरी आम माफी पाउँदै जेलबाट छुटे । रेशम चौधरी जेलबाट छुट्दा सम्म रन्जीता राम्रो राजनीतिक लेलाडी बनेीसकेकी थिइन् । र अहिले नागरिक उन्मुक्ति पार्टीको अध्यक्षको जिम्मेवारी स्म्हाली रहेकी रन्जीताले श्रीमान्लाई रोक्दै आफैँ शक्तिमा रही रहने बल गरिरहेकी छिन् । तर रेशम चौधरी श्रीमतिलई रोकेर आफू अगाडी बढ्ने कसरतमा छन् ।
तथापी बुटवलमा पत्रकारहरूसँग बोल्दै रेशमले सुदूरपश्चिम प्रदेश सरकारमा नियुक्त भएका तीन जना मन्त्रीहरू फिर्ता नहुने दाबी गरेका हुन् । उनले पार्टीभित्र अध्यक्ष श्रेष्ठ र आफूबीच कुनै असमझदारी नरहेको भन्दै मन्त्रीहरू फिर्ता नहुने जिकिर गरे । लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन पनि फिर्ता नहुने बताएका चौधरीले सरकारमा थप एक जनालाई राज्यमन्त्री बनाउने विषयमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीसँग छलफल हुने बताएका छन् ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com