साउन, ९ । धादिङको धुनिवेशीमा टण्टलापुर घाममा तात्तिएको पीचमा हिँडिरहेका थिए मदन महाराज जी । यीनले आफूलाई मदन महाराज जी नामबाट चिनाउँदा रहेछन् तर, उनको वास्तविक नाम चाहीँ मदन गोपाल धोवी हो । रुपन्देहीको रोहिणी गाउँपालिका ७ मा उनको स्थायी ठेगाना हो । सात दिन देखि निरन्तर हिँडिरहेको दावी गर्ने यीनि लुम्बीनीबाट काठमाडौँ आउँदै रहेछन् । गएको आइतबार मध्य १२ बजे टनटलापुर घाम लागेको थियो । पृथ्वी राजमार्गको यो सडक मज्जैले तात्तिएको थियो । गाडी भित्रै पनि खलखल पसिना आइरहेको बेलामा यी मानिस खाली खुट्टा काठमाडौँ तर्फ लम्कीरहेका थिए । उनका अनुसार साउने मेलामा पशुपतिनाथसम्म बोलबम यात्राका लागि हिँडिरहेका हुन् ।
उनको साथमा चेलोको रुपमा अरु तिन जना किशोरहरु छन् । एक जना उनकै कान्छा छोरा हुन् भने अरु दुई उनकै विश्वासमा आएका चेलाहरु हुन् । तीन किशोरहरुले जुत्ता चप्पल लगाएपनि उनी चाहीँ लुम्बीनि देखिनै खाली खुट्टा हिडेका रहेछन्।
उनीहरु यात्राका क्रममा भगवान् शिवको जप र भजन गर्दै हिडिँरहेका थिए। उनीहरुले छाटो पैदल दुरी देखेका छैनन् । बुटवल नारायणगढबाट मुग्लीन निस्कीएर हुँदै मुल सडकबाटै यात्रा गरिरहेका छन् । नागढुंगा हुँदै काठमाडौँसम्म सडकको बाटो भएरै जाने उनको भनाई छ । हिड्नका लागि रात दिन केही सोचेका छैनन् । जहाँ पुगेर जहिले थकाई लाग्छ त्यहाँ पुगेर सुत्ने र आरा मगर्ने गरेको उनीहरुको भनाई छ ।
लुम्बीनिबाट काठमाडौँसम्म उनीहरु आएको सडक दुरी २५० किलो मिटर छ । उनीहरुले यहाँ आइपुग्दा करिव २०० किलोमिटर पार गरिसकेका छन् । मानिसहरुको इच्छा चाहना पनि अनेक हुन्छन् । अघिल्लो वर्ष बद्रीनाथ धाम पुगेका उनी यो पटक पशुपतिनाथको यात्रामा छन् । उनले सबै प्राणिहरुको भलोको कामना गरेर यस्तो कठिन यात्रामा निस्किएको बताउँछन् । पशुपतिनाथ आएर एक महिना ध्यानमा बस्ने उनको लक्ष्य छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com