असार, २५ । सम्पत्ति कमाउने लोभ र लालसा कसलाई पो हुँदैन र ? हास्य कलाकारद्वय राजु मास्टर र (बल्छी धुब्रे) अनि प्य्राङ्ंक स्टार युट्ुवर एलिस राईलाई मासिक २÷३ लाख रुपैयाँ कमाउन खासै कठिन थिएन । टिभि कार्यक्रम, स्टेज कार्यक्रम र युट्युवबाट उनीहरुको आम्दानी राम्रै थियो । नाममा नाम, काममा काम दुवै भएर पनि मासिक अरु ४० हजार रुपैयाँ कमाई बढाउने लोभ गर्दा प्रहरी खोरमा पुगेका छन् । यी सबै कलाकारहरु नाम चलेका व्यक्तित्वहरु हुन् । तर सट्टेबाजी जस्तो अबैध र अपराधजन्य कार्य गरेपछि प्रहर िहिरासतमा पुगेका उनीहरु केही दिनमै जेल चलान हुने स्थिति पैदा भएको छ । किनकी उनीहरुविरुद्ध प्रहरी अनुसन्धानले यस्तो प्रमाणहरु फेला पारेको कि आवश्इक कारवाहीका लागि मुद्या दर्ता नै भइसकेको छ । जिल्ला सरकारी वकिलको कार्यालयको माग दावी नै हास्य कलाकारद्वय राजु मास्टर र बल्छी धुर्बेलाई एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना रहेको छ ।
उनीहरुविरुद्ध आइतबार नै काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिसकिएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका सहन्यायाधिधवक्ता अच्युतमणि नेउपानेले जानकारी दिनुभयो । कलाकारहरु राजु पौडेल, मरिचमान श्रेष्ठ, रोशन खतिवडा, बेगम नेपाली, युट्युवर एलिस राई, जलन घर्तिमगर, सरोज घिमिरे, गणेश देवकोटा र कुशल पोखरेललाई विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को दफा ५ उपदफा २ (ढ) र, दफा २५ को उपदफा (१) बमोजिम एक वर्ष कैद र जनही १० हजार रुपैयाँ जरिवानाको मागदावी लिइएको सहन्यायाधिवक्ता नेउपानेले जानकारी दिनुभयो । प्रहरीले पक्राउ गरी मुद्दा चलाएका ११ जना प्रतिवादीमध्ये २८ वर्षीय दिनेश खड्का र २९ वर्षीय अनिता धिताललाई भने जनही ७ वर्ष कैद र चौसठ्ठी करोड चौरानब्बे लाख उनन्तीस हजार आठ सय बीस रुपैया बिगो मागदावी लिइएको छ । उनीहरुको मुद्दामा सोमबारबाट काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस सुरु भएको छ । सम्भवत उनीहरु पुर्पक्षका लाथि थुनामा पुग्ने छन् ।
अभियोग पत्रमा सबै कलाकार र युट्युबरहरुले विज्ञापनबापत पैसा पाउने भनेपछि आफ्नो युट्युब च्यानलहरूमा वान एक्स बेटको प्रचार गरेको बयान दिएको उल्लेख छ । उनीहरुले विज्ञापनबापत ९० हजार रुपैयाँसम्म आर्थिक लाभ लिएको स्वीकार गरेका छन् । उनीहरूलाई इमेल र टेलिग्राममार्फत विज्ञापन राख्ने अफर आएको बयान बताएका छन् । सबैलाई १५–२० सेकेन्डको विज्ञापन बजाउँदा मासिक १५ देखि ४० हजार रुपैयाँ पाउने अफर गरिएको थियो ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com