फागुन, १० । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले काठमाण्डौ उपत्यकासहित देशका केही पहाडी भुभागमा हिउँदे वर्षा भएको छ । लामो समयपछि हिउँदे वर्षा हुँदा कृषक खुसी भएका छन् । अहिले पनि देशभर आंशिक देखि साधारणतया बदली मौसम रहेको छ। आज बागमती, कोसी प्रदेशका पहाडी भुभागसहित देशका विभिन्न ठाउँमा वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज राती पनि देशको पहाडी भू-भागका थोरै स्थानमा साथै मधेस र लुम्बिनी प्रदेशका तराई भुभागका एक-दुई स्थानमा मेघगर्जन चट्टयाङ्गसहित छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com