जेठ, १ । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले भ्रष्टाचारका अरु फाइल पनि खोल्न सरकारलाई आग्रह गरेका छन् ।
सोमबार प्रतिनिधिसभाको वैठकमा आकस्मिक समय लिएर बोल्दै सांसद सापकोटाले नक्कली भुटानी शरणार्थी प्रकरणलाई सही रुपमा टुंगोमा पुर्याएर भ्रष्टाचारका अन्य फाइलहरु खोल्न सरकारलाई आग्रह गरेका हुन् ।
सांसद सापकोटाले शरणार्थी प्रकरणलाई विषयान्तर नगर्न समेत आग्रह गरेका छन् ।
उनले भने, ‘मानव तस्कर सहितको विषय अगाडि आएको छ । सम्पूर्ण देश केन्द्रित भएर यस विषयमा अगाडि जानुपर्छ, ‘यसलाई विषयान्तर गर्नु भनेको अन्तत भ्रष्टाचारलाई सघाउ पुर्याउनु हो ।’
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com