असार, ५ । संस्कृत शिक्षाको अपरिहार्यता विषयक एक दिने विचार गोष्ठी कार्यक्रम गरिएको छ । संस्कृत भाषा लोप हुने अवस्थातर्फ उन्मुख भईरहेको सन्दर्भमा काठमाण्डौको कमलपोखरीस्थित हुकुम दरबारमा विज्ञहरुको सहभागितामा विचार गोष्ठीको आयोजना गरिएको हो ।
वीपी कोइराला संस्कृत विद्यापीठ, वीपी संस्कृत मावि तथा गौरीसंकर गुरुकुल समन्वय समिति नेचासल्यान २ सोलुखुम्बुको आयोजनामा भएको गोष्ठीमा संस्कृत शिक्षाको महत्व, अपरिहार्यता, प्रदायक संस्थाहरुले भोग्नुपरेको समस्या र समाधानका विषयमा छलफल गरिएको थियो ।
कार्यक्रममा वीपी कोइराला संस्कृत विद्यापीठका प्राचार्य लोकनाथ दाहाल र वीपी संस्कृत माविका प्रधानाध्यापक उमाकान्त काफ्लेले संस्कृत विद्यालयहरुको बास्तविक अवस्था समस्या र चुनौतीका सन्दर्शमा प्रस्ट पारेका थिए । उनीहरुले सोलुखुम्बुको सल्यानमा रहेको संस्कृत विद्यालयमा सरकारको विषेश ध्यान जानुपर्ने बताएका थिए ।
सहभागिहरुले नेपालमा पश्चिमा शिक्षाको बर्चश्व बढ्दै जानुले संस्कृत भाषा लोप हुने अवस्थामा पुगेको भन्दै चिन्ता व्यक्त गरेका छन् । सरकारले समेत संस्कृत शिक्षा प्रबद्र्धनमा चासो नदिएको उनीहरुको भनाई थियो ।
पुर्वमन्त्री बलबहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा पुर्वमन्त्री दिपकप्रकाश बास्कोटा, अनन्तश्री विभुषित स्वामी ज्ञानानन्द सरस्वती महाराज, प्रा.डा.विद्यानाथ कोइराला, नेपाल प्रज्ञा प्रतिष्ठानका पुर्व उपकुलपति डा.जगमान गुरुङ, त्रिभुवन विश्वविद्यालय शिक्षा विकास अनुसन्धान केन्द्रका निर्देशक एवं अंग्रेजी केन्द्रीय विभागका प्रमुख प्रा.डा.कृष्णचन्द्र शर्मा, नेपाल संस्कृत विश्वविद्यालयका पुुर्व शिक्षाध्यक्ष प्रा.डा.लालमणि पाण्डेय, वाल्मीकि विद्यापीठका प्राचार्य प्रा.डा. भागवतप्रसाद ढकाल, प्रा.डा.विष्णुप्रसाद दाहाल, प्रा.डा.गणेशप्रसाद घिमिरे, विश्व हिन्दु महासंघ अन्तराष्ट्र्रिय समितिका महासचिव शम्भुहरी बास्तोला, समाजसेवी उद्योगपति प्रकाशसिहं कार्की लगायत सरोकारवालाको सहभागिता रहेको थियो ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com