साउन, ५ । नोपली काँग्रेसको केन्द्रिय बैठकमा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पेश गरेको प्रतिवेदनमा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणाले असन्तुष्टि जनाएकी छिन् । जारी बैठकमा आरजु राणाले आज आफ्नो धारणा राख्दै महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पेश गरेको प्रतिवेदन एनजीओको ‘विसलिष्ट’ जस्तो भएको टिप्पणी गरेकी हुन् ।
आरजुले भनिन्, ‘राजनीतिक दस्तावेज भन्दा पनि एनजीओको ‘विसलिष्ट’ जस्तो लाग्यो । धेरै कार्यक्रम भए, यिनीहरुको उपलब्धी के हो त ? क्लियर भएन ।’
महामन्त्रीको प्रतिवेदनमा दूरगामी प्रभाव पार्ने वा देशलाई हाँक्ने योजना नदेखेको उनको भनाई छ। बैठकमा राणाले भनिन्, ‘राजनीति कस्तो हुने, यहाँको अर्थतन्त्र कस्तो हुने ? समाज कस्तो हुने भन्ने एजेण्डा सेटिङ जहिले पनि नेपाली कांग्रेसले गरेको छ,’
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com