जेठ, १३ । मध्य नेपालमा पर्ने एतिहासिक लमजुङ जिल्ला पर्यटकका लागि सुप्रशिद्ध जिल्ला हो । अन्नपूर्ण सर्किट देखि घले गाउँ लगायत पर्यटकीय सुन्दर गाउँहरु वास्तवमा विश्वभरका पर्यटकहरुका लागि चिरपरिचित छ । त्यस मध्यको एउटा विशेष ठाउँ हो । लजमजुङ उत्तरी क्षेत्रमा पर्ने मस्र्याङदी गाउँपालिकामा रहेको बाह्र पोखरी । अनि त्यसको आधार क्षेत्रमा रहेको सेरा, ताराचोङ, लुदी, उस्ता र छिनखोला । यी गाउँहरु मस्र्याङदी गाउँपालिकाको वडा नम्बर ७ मा पर्दछ । यी सबै गाउँहरु गुजुमुज्ज छन् । सपक्क मिलेर बसेका यी घरहरु टाढाबाट हेर्दै आनन्दीत खालको छ । विशेष गरि तामाङ, गुरुङ जाती लगायत अन्य जातीहरुको मिश्रीत बसोबास रहेको यहाँ पद यात्राका लागि आउने पर्यटकहरुका लागि साह्रै गज्जबको ठाउँ हो ।
काठमाडौँबाट करिव ७ घण्टाको सवारी दुरीमा रहेको यो ठाउँमा पुग्न लमजुङको बेशी शहर हुँदै मस्र्याङदीको तिरै तिर उत्तर तर्फ लाग्नु पर्छ । खुदी, भुलभुले हुँदै ङादी पुगेपछि सुरु हुन्छ तपाईको पद यात्रा । ङादी दोभानबाट दायाँ तर्फको मार्गबाट उस्ता हुँदै छिनखोला पुग्न सकिन्छ । छिनखोलासम्मै सडक विस्तार भइसकेकाले सवारी मार्फत पनि त्यहाँ पुग्न सकिन्छ ।
छिनखोला, ताराचोक, लुँदी र सेरामा यो वर्ष देखि पर्यटकको आतिथ्य सत्कारका लागि स्थानीयहरुले होमस्टे संचालन गरेका छन् । इको हिमालको अथक मेहनत पछि तालिम प्राप्त स्थानीयबाट यहाँ होमस्टे सुरु गरिएको छ । तामाङहरुको बसोबास रहेको छिनखोलामा तामाङ संस्कृति नियाल्दै स्थानीय अर्गानिक खाना र खाजा ग्रहण गर्दै बास बस्न सकिन्छ । र भोली पल्ट झण्डै ४ घण्टा उकालो यात्रा गरि ३१ सय मिटरको उचाईमा रहेको बाह्र पोखरी पुग्न सकिन्छ । त्यहीँ बास बसि भोली पल्ट विहानै बाह्र पोखरीबाट सुर्योदयको आनन्द लिँदै अन्न पूर्ण हिम श्रृङखलालाई मज्जाले नियाल्न सकिन्छ । बाह्र पोखरीको आफ्नै अस्तित्व छ । धार्मिक रुपमा समेत यस पोखरीलाई निसन्तान परिवारले भाकल गरेमा सनतान प्रप्त हुने, अपांग बच्चख जन्मीएमा यहाँ ल्याई स्नान गराएमा निको हुनेसम्मको धार्मिक विश्वास छ । यहाँ विशेष गरि बैशाख पूर्णिमा र जनैपूर्णिमामा मेला लाग्ने गर्दछ ।
त्यसपछि सोही दिन बाह्र पोखरीबाट अर्को पदमार्ग प्रयोग गरि लुदी वा ताराचोक झर्न सकिन्छ । घनाजंगलका बीच लुदी ताराचोक झर्नुको मज्जा सायदै विर्सन सकिन्छ । अझ गज्जबको अनुभव त अलैँचीले दिलाउने छ । छिनखोला, तारचोक, लुदी गाउँ आसपासमा विशाल अलैँची घारी देख्न सकिन्छ । यहाँका नागरिकले हजारौँ रोपनीमा अलैँची खेती गरेका छन् । इको हिमाल नेपालकै सहयोगमा झण्डै १० वर्ष देखि अलौची खेती सुरु गरेका उनीहरुले अलौचीबाटै बार्षिक १० औँ लाख आम्दानी गर्न थालेका छन् । अलौचीबाटै उनीहरुले आर्थिक स्थिति मा व्यापक सुधार ल्याएका छन् । त्यसमाथि इको हिमालकैm सहयोमा अलेँची अवलोकन तथा बाह्र पोखरी ट्रेकको अवधारणा ल्याएपछि यहाँका स्थानीय पर्यटन प्रवद्र्धन समेत हुने आशमा उतसाहित बनेका छन् । यस कार्यका लागि मस्र्याङदी गाउँपालिकाले समेत साथ दिन थालेको छ । मस्र्याङदी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले यहाँको पर्यटन पूवद्र्धन गर्न कुनै चुनौती नरहेको भन्दै पालिकाले सकेको सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।
होमस्टेमा बस्दा उनीहरुले लोकल खाना स्वाद दिलाउँछन् । कोदोको सेलरोटी, स्थानीय विशेष खालको सिमिको दाल, गेडागुडी, सिस्नुको स्वाद देखि एक दर्जनभन्दा बढि त्यहाँको अर्गानिक स्वाद होमस्टेको पहिचान हो । यसरी उस्ता, छिनखोला, लुदी ताराचोकको ४ दिने यात्रा टुंग्याउन सकिन्छ । यो एक सास्कृतिक तथा पा्रकृतिक पदयात्राको रुपमा विताउन सकिने यसका अभियन्ता नारायण ढकालले बताए ।
भ्रमण तथा नयाँ पदमार्गको अध्ययनका लागि त्यहाँ पुगेका ट्रकिङ एजेन्सीज एसोशियशन अफ नेपाल टानका उपाध्यक्ष धनबहादुर गुरुङले यो ठाउँ नेपालका लागि नयाँ तथा आकर्षक पर्यटकीय गन्तब्य भएको बताएका छन् । स्थानीयहरु अहिले पर्यटक आगमनको प्रतिक्षामा छन् । यसै वर्ष झण्डै एक दर्जन वटा विदेशी पर्यटकहरुको समूह यस क्षेत्रमा भ्रमणका लागि आइसकेका छन् । जसले अलैँची खेती र हरियाली वातावरणको आनन्द लिएका छन् । र स्थानीयहरु पर्यटकहरुको आगमनको प्रतिक्षामा होमस्टे खडा गरि पर्खिरहेका छन् ।
नेपालीहरु पछिल्ला वर्षहरुमा घुमफिरमा रमाउन थालेका छन् । नयाँ नयाँ ट्रेकिङ रुटहरुको खोजी गर्दै प्रकृतिको आनन्द लिन थालेका छन् । ती पुलक्कीत पर्यटकहरुका लागि लमजुङको मस्र्याङदी सातमा रहेको छिनखोला ताराचोक होमस्टे यात्रा रमाइलो बन्न सक्छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com