काठमाडौं । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा दुइ नेताका बिचमा भएको एउटा भिडियो भाइरल भइरहेको छ। केही दिन अघि सो समितिमा भएको एउटा सम्बादको भिडियो दृश्य यतिखेर भाईरल भईरहेको हो ।
खासमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछानेले गृह मन्त्री हुदाँ सो समितिका सभापति सांसद मात्रै हुदाँ रामहरि खतिवडाले ‘लक्ष्मी महतो कोइरी खै ?’ भन्दै प्रश्न गरेका थिए । उनैले त्यसको अहिले उल्टै प्रश्न गरेर ‘बदला’ लिएका छन् ।
तर, लामिछाने यतिखेर गृह मन्त्रीको जिम्मेबारी भन्दा बाहिर रहेका छन र खतिवडाको पार्टी नेपाली कांग्रेस सरकारमा सामेल छ । यस मौका पारेर लामिछानेले सभापति खतिवडालाई उल्टै प्रश्न गरेका थिएँ तर लामिछानको प्रश्नको भने खतिवडाले कुनै जवाफ दिएनन, बरु शिर निहुराएर निरुत्तर हुन पुगेको भिडियो सामाजिक सञ्जालमा भाईरल भईरहेको हो ।
‘लक्ष्मी कोइरी महतो खोइ भनेर सभापतिज्युले बढो सोध्नु भएको थियो, अब म तपाइलाइ सोध्न चाहान्छु, तपाइको पार्टी सरकारमा छ, सबैभन्दा ठुलो दलको रूपमा छ, लक्ष्मी महतो कोइरी खै ?’ उनले यो प्रश्न गरे पछि सभापति खतिवडाले शिर निहुराएका थिए । जसलाई अहिले भाईरल बनाईएको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com