साउन, ८। बैतडीको पुर्चौडी नगरपालिका–२ को भैरु टोलमा घर पुरिँदा दुई जनाको ज्यान गएको छ । पहिरोमा परि २५ वर्षीय अञ्जु जागरी र उनका छोरा ५ वर्षीय रिजनको मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ ।
मृतक अञ्जुका सासुआमा ४५ वर्षीया राइमती र देवर १७ वर्षीय गोब्बर जागरी र घरमा पाहुना बस्न आएकी छिमेकी ६० वर्षीय जस्मा बोहरा भने घाइते भएका छन् ।
पहिरोले घर पूर्ण रुपमा क्षति भएको छ । करिब एक दर्जन चौपाया समेत मरेका छन् ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com