काठमाडौँ । ओखलढुंगाको खिजीदेम्बा गाउँपालिका अध्यक्ष गम्बु शेर्पाले दोहोरो नागरिकता सम्वन्धी मुद्यामा सफाई पाएका छन् ।
उच्च अदालत ओखलढुंगाले अध्यक्ष शेर्पामाथि लगाइएको कसुर पुष्टि हुन नसकेको भन्दै खारेज गरे्पछि सफाई पाएका हुन् । आइतबार ओखलढुंगास्थित उच्च अदालतको अस्थायी इजलासमा भएको घण्टौँ लामो बहसपछि अध्यक्ष शेर्पालाई सफाई दिने आदेश गरेको हो । न्यायाधीसद्धय लेखनाथ पौडेल र सकुन्तला घिमिरेको इजलासले निवेदकको कसुर झुटो ठहरिएको फैसला दिएका छन् ।
स्थानीय तहको निर्वाचनमा काँग्रेस नेता एवं खिजिदेम्बा गाउँपालिकाका अध्यक्षका प्रत्यासी भूपेन्द्र बस्नेत लगायतले शेर्पासंग अमेरिकी नागरिकता समेत रहेको दावी गर्दै गाउँपालिका अध्यक्षमा निर्वाचित शेर्पाविरुद्ध मुद्या दायर गरेका थिए ।
शेर्पाले २०७९ वैशाख ५ मा नागरिकताको प्रतिलिपि लिएको र त्यसबेला अमेरिकी नागरिकता त्याग गरेको निस्सा पेस नगरेको रिट निवेदकले दाबी गर्दै आएका थिए । गैर नेपालीलाई नागरिकता दिने प्रशासन र निर्वाचित गराउने निर्वाचन आयोगलाई समेत विपक्षी बनाई बस्नेतले मुद्दा दायर गरेका थिए । तर अध्यक्ष शेर्पाले आफूले अमेरिकी नागरिकता त्यागी विधिसम्मत रुपमा नेपाली नागरिकता पुर्नप्राप्ती गरेकाले निवेदकको दावी झुटो रहेको बताउँदै आएका थिए ।
यस अघि उच्च अदालत विराटनगर, अस्थायी इजलास ओखलढुंगाले दायर रिटमाथि उत्प्रेषण मिश्रित परमादेश जारी गर्दै अध्यागमन विभाग, प्रहरी, प्रशासन कार्यलयसँग १५ दिनभित्र कगजात झिकाउन आदेश जारी गरेको थियो । त्यस उपर आइतबार फैसला गर्दै अदालतले गम्बु शेर्पालाई निर्दाेष ठहर गरेको हो । यस संगै शेर्पाले स्वतन्त्रपूर्वक अध्यक्षको जिम्मेवारी निभाउने वातावरण पाएका छन् । आफू माथि झुटा मुदा लगाई अलमल्याएको बताउने अध्यक्ष शेर्पाले अब पूर्ण समय गाउँपालिकालाई दिई विकास निर्माण र सुशासनका लागि सक्रिय बन्ने बताएका छन् ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com