काठमाडौँ । युरोपियन देशहरुमा रोजगारीका लागि पठाइदिने भन्दै ६ सय जनालाई ठगी गरी करोडौँ रकम कुम्ल्याएर फरार रहेका विकास वाइबा भनेर चिनाउने तर असली नाम सुजन तामाङ भएका महाठगलाई प्रहरीले पक्राउ गरेको छ । ठगहरुको पनि महाठग सुजनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ललितपुरको पुल्चोकबाट पक्राउ गरेको हो ।
आफूलाई विदेश पठाइदिन्छु भनेर मोटो रकम असुलेर लापत्ता भएका सुजन तामाङ पक्राउ परेको खबर पाएपछि सयभन्दा बढि पीडितहरु प्रहरी कार्यालयमै पुगेका थिए । उनीहरु भन्दै थिए, यीनलालई कानुनी कारावही होइन हाम्रो जिम्मा लगाउनुस हामी हाम्रो हिसावले कारवाह िगर्छौँ भन्दै प्रहरीसंग आग्रह गरिरहेका थिए । पीडितहरुमा आक्रोश यति धेरै थियो कि यो ठगलाई पीडितहरुसंग भेट्ने मौका दिइएको थियो भने जे पनि हुन सक्थ्यो । तथापी यो भिडबाट जोगाउँदै सुजनलाई भ्यानमा राखेर थप कारवाहीका लागि बैदेशिक जोगार विभाग पुर्यायो । त्यहाँ झन् धेरै संख्यामा पिडितहरु भेला भएका रहेछन् । बानेश्पर प्रहरी कार्यालयमा जत्तिकै भिड बैदेशिक जोजगार विभाग ताहाचलमा पनि रहेछ । ठगसंग एक पटक भेटाइदिनुस भन्दै प्रहरी र कर्मचारीसंग गुहार माग्दै थिए ।
उनीहरु पत्रकारलाई भिडियो कैद गर्न समेत दिइरहेका थिएनन् । विदेश उड्ने सपनामा घर परिवारलाई समेत थाहा नदिई उनीहरुले लाखौँ पैसा विकास वाइवा भनिने ठग सुजन तामाङलाई बुझाएका रहेछन् । भिडियोमा देखिँदा भोली घरमा पैसा फसेको सन्देशले मुख देखाउन समेत लाज हुने चिन्ता केहीले प्रकट गर्दै थिए । तर सुजनलाई प्रहरीले नजोगाएको भए हयाँ पनि यो ठग बाँच्न मुस्कील पथ्र्यो ।
यीले काठमाडौंको बालाजुमा यूरो वीङ्स एजुकेशन कन्सल्टेन्सी सञ्चालन गरी आफूलाई विकाश वाईवाको नक्कली परिचय पत्र बनाएर ठगीमा संलग्न थिए । उनले माल्टा, पोल्याण्ड, क्यानडा र क्रोयसिया लगायतका देशमा पठाइदिने भन्दै ६०० बढी सर्वसाधारणबाट ५० हजारदेखि ५ लाखसम्म ठगी गरेको प्रहरीले जनाएको छ । उनले ठगीको रकमबाट ४ करोड व्यक्तिगत ऋण तिरेको कागजपत्रहरु भेटिएको छ । राप्ति मेनपावर वसुन्धरामा ५० लाख बराबरको सेयर किनेर ठगहरुको पनि मालिक बनेका छन् । र ३५ लाखमा हुण्डाईको बा १८ च ३४१४ नम्बरको क्रेटा गाडी खरिद गरेर सुजन ठग महाराजको सवारी चल्ने गरेको रहेछ ।सेतो रंगको यो गाडी पनि प्रहरीले उनीसंग बरामद गरेको डीयसपी अनिल घिमिरेले जानकारी दिए ।
यस्तै आफ्ना भाइ सुवास तामाङको खातामा साढे १५ लाख जम्मा गरेको, जलविद्युत सहकारीबाट लिएको १५ लाख ऋण तिरेको र ५ लाखमा सुनको ब्रासलेट समेत खरिद गरेको पाइएको छ । यो भन्दा धेरै रकम ठगी गरेर यीनले कुम्ल्याएका छन् । तर धेरै सम्पपत्ति अरुको नाममा राखेका कारण तथ्यहरु संकलन भइरहेको प्रहरीले जनाएको छ । सम्पत्ति कसको नाममा राखेका छन् त्यो खुल्न बाँकी छ । हालसम्म अविवाहित यी ठगको धरान तिरको एउटी युवती गर्लफ्रेण्ड रहेको थाहा हुन आएका प्रहरीले जनाएको छ । उनीबारे पनि खोजअनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यो ठगबाट अरु पनि थुप्रै व्यक्ति पीडित भएको हुनसक्ने प्रहरुलिे जनाएको छ र उजुरी दिन बाँकी भए तत्काल बैदेशिक रोजगार विभागमा सम्पर्क गर्छ प्रहरीले आग्रह गरेको छ ।
प्रहरीका अनुसार अहिलेसम्म ७० जनाले मुद्दा दर्ता गरेको र उनीहरूको ३ करोड २५ लाख २२ हजार बिगो देखिएको छ । अझ मुद्या दर्ता नै नगरेका अरु सयौँबाट कति रकम असुलेका होलान् सहजै अनुमान लगाउन सकिन्छ । ७० जनाबाट असुलेको ३ करोड २५ लाख असुलेको हिसावबाट प्रतिव्यक्ति औसतमा ४ लाख ५८ हजार हजम गरेको देखिन्छ । सम्पर्कमा आएका ६ सय जना मध्य ७० जना घटाउँदा बाँकी ५ सय ३० जना रहे । ती ५ सय ३० को पनि यही ४ लाख ५८ हजार श्रपैयाँको औसत हिसाव गर्दा २४ करोड ४२ लाख रुपैयाँ ठगी गरेका छन् । यति ठूलो रकम यीनले कहाँ लुकाएर राखेका छन् । प्रहरीको खोजी यसतर्फ केन्द्रीत बनेको छ । त्यसो त उनकी हालकी गर्लफ्रेण्डसंग प्रहरीले अनुसन्धान सुष्म बनाएको छ ।
यो ठग प्रक्राउ गर्न काठमाडौँ उपत्यका अपराध अनुसन्धानका डियसपी अनिल घिमिरेको टिम सानो तयारीमा थिएनन् । दुई महिनादेखि यो ठगको पछि लागिरहेका थिए । तर अनेक बुद्धि र प्रलोभन देखाएर पुल्चोकमा भेट्ने वातावरण तयार पारेर गाडीसहित पक्राउ गरेको छ ।
उनको साथबाट वास्तविक नागरिकता र विकास वाइवा नामको नागरिकता, २ लाख २९ हजार नगद, विभिन्न भौचरहरू बरामद गरेको छ । नागरिकतामा ललितपुर जिल्ला क्योन्ज्योस्योम गाउँपालिका वडा नम्बर ४ स्थायी घर भएका सुजन ललितपुरकै इमाडोलमा बस्दै आएका थिए ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com