मंसीर, १९ । लामो समयदेखि छोराको हत्यारालाई कारवाही गर्न माग गर्दै अनसनरत गंगामाया अधिकारीलाई गाउँ फर्काउन स्थानीय तहले पहलकदमी लिएको छ । गएको शुक्रबार गोर्खाको गण्डकी गाउँपालिका ३ फुजेलका वडाध्यक्ष सुवास पन्त आएर गंगासंग झण्डै दुई घण्टा संवाद गरे । पहिलो पटक स्थानीय जनप्रतिनिधि आएर गंगामायालाई भेट गरेका हुन् । र वडाध्यक्ष पन्तले गंगामायालाई संधै अनसनमा बसेर स्वास्थ्य कमजोर बनाउनु भन्दा बरु गाउँ फर्किउँ, दाजुभाई छरछिमेक सबै गाउँका मानिसहरु तपाई गाउँ फर्किएको हेर्न चाहेका छन् । मिलेर बस्न चाहेका छन् । यता न्याका लागि मुद्या मामिला चलिरहेकै छ । निरन्तर अनसनमा बसेर पनि पछिल्ला वर्षहरुमा कुनै प्रभाव देखिएको छैन । तपाईको पीडा प्रति हामी पनि साथमै छौँ । सकेको सहयोग हामी पनि गर्छाैँ तर गाउँ फर्किउँ भन्दै प्रस्ताव राखेका थिए । नाताले गंगामाया र वडाध्यक्ष पन्त देवर भाउजु हुन् । उनले साइनो लगाएरै भाउजु गाउँ फर्किउँ । तपाई जान चाहनुहुन्छ भने हामी घर बनाइदिन्छौँ, भने ।
गाउँदेखि आफूलाई सम्झेर जनप्रतिनिधि भेट्न आएकोमा गंगा खुसी भइन् । हर्षको आशु पनि झारिन् । उनले भनिन् मलाई भेट्न धेरै मानिसहरु आए तर गाउँका जनप्रतिनिधिहरु कोही आएका थिएनन् । मलाई सम्झेर भेट्न आउनु भो भन्दै भक्कानिइन् ।
र पनि गंगामायाँ गाउँ फर्किने इच्छा भएपनि न्याय नपाएसम्म नफर्किने अडान लिइन् । तर उनको माग पुरा हुने व्यवस्था कानुनमै छैन । उनले आफ्नो छोरा कृष्ण प्रसाद अधिकारीको हत्यारा भनेर ज जस्को नाम पोलेकी छिन् । उनीहरुलाई फासी हुने पर्ने एक सुत्रिए माग छ ।
जुन सर्त उनले राखेकी छिन् त्यही सर्त कायम राखे जीवन भर उनी गाउँ पुग्न सक्ने देखिँदैन । तर वडाध्यक्षले गाउँमा सबैजनासंग सल्लाह गरेरै आफू गंगामायालाई भेट्न आएको बताए । र गाउँका मानिसहरु गंगामायालाई स्वागत गर्न आँतुर रहेको वडाध्यक्षले बताए । यसरी गंगामाया लामो समयदेखि अनसन बस्दा आफूहरुलाई नरमाइलो लागेको पन्तले बताए ।
उनीहरुबचि दुर्य घण्टा संवाद हुँदा पनि विषय चाहीँ टुंगिएन । बरु गंगाले गाउँको हालखबरहरु बुझ्नि । सञ्चो विसञ्चो सोधिन् । आफ्नो घरबारीको अवस्था सोधन् ।
गंगामायाले सकरात्मक जवाफ नदिएपछि वडाध्यक्ष पन्त निराश बनेर बीर अस्पतालबाट बाहिरिए । गंगामाया अधिकारी छोराको हत्यारालाई कारवाही गर्न माग गर्दै सत्याग्रह सुरु गरेको दुई दशक पुग्न लाग्यो । अनुसनकै क्रममा २०७१ सालमा श्रीमान् नन्दप्रसाद अधिकारी समेत ज्यान गयो । उनको श्रीमान्को शव पनि ९ वर्षदेखि शिक्षण अस्पतालमै छ । उनका छेठा छोरा नुर अधिकारी पनि काठमाडौँ तिरै छन् । तर आमा छोराका खास भेटघाट हुँदैन । उता गाउँको घर भग्नावशेष मात्रे बाँकी छ । १६ वर्षदेखि खाली यो घर भुत बंगला जस्तो बनेको छ । गाउँलेसंगै झगडा पश्चात रातारात गाउँ छाडेका उनीहरुको घरमा त्यसपछि कोही प्रवेश गरेका छैनन् । मानिस नबसे पछि छेउछाउका विरुवाहरु खरु बने । झार पतिंगरहरुले घरलाई छोपिदियो । अहिले त अलि टाढाबाट घर देख्न पनि मुस्कील पर्छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com