मंसीर, २० । प्रधानमन्त्री प्रचण्डको क्याविनेटमा २४ जना मन्त्री छन् । र ३ जना राज्य मन्त्री छन् । अधिकांस मन्त्रीलाई नातागोता र नजिकका कार्यकर्ता बाहेक आम जनतालाई मन्त्रीको अनुहार स्मरणमा पनि छैन ।
वन तथा वातावरण मन्त्री हुन् विरेन्द्र प्रसाद महतो । उनी यति गुमनाम छन् की बनमै हराए भन्दा चर्काे छ । यीनले मन्त्रालयमा के गरेर दिन कटाउँछन् मन्त्रालयमै काम गर्ने कर्मचारीहरु पनि भन्न सक्दैनन् । उनी यति कमजोर र अल्छी मन्त्री हुन् की यति साह्रो बेकामे मन्त्री यो मन्त्रालयले बेहोरेको थिएन ।
यस्तै, रमेश रिजाल हुन् उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री । जनतासंग प्रत्यक्ष सरोकार राख्ने मन्त्रालयको मन्त्री गुमनाम अवस्थामा छन् । चाडपर्वको समय छ बजारमा महंग िह्वात्ते बढेको छ । विचौलियाहरुको कालोबजनारी धन्दा चौगुण बढेको छ । अहिले त चिया पिउन चिनि समेत उपभोक्ता सहजै नपाउने स्थिति छ । चिनिको हाहाकार भइरहेको बारे आपुर्ति मन्त्रीलाइ पत्तो नहुने कुरा विश्वास गर्न गाह्रो छ र पनि यीनलाई कुनै चिन्ता छैन ।
अर्का सरकारका मन्त्री हुन्, डिग बहादुर लिम्बु युवा तथा खेलकुद मन्त्री । ७ महिना अघि मन्त्रालयमा कार्यभार सम्हाल्दा १८ घण्टा मन्त्रालयमै बसेर काम गर्छु भनेका यीनले अहिलेसम्म त्यसै गरि काम गरेको भए खेलकुद क्षेत्रमा के के भइसक्थ्यो होला । अरु त अरु क्रिकेट खेलाडीहरुले विश्वमै नयाँ नयाँ किर्तिमान कायम राखी देशको शिर उच्च पारिरहेको बेला यस अघि घोषणा गरिएको लाखौँ रुपैयाँ पुरस्कार रकम दिलाइदिन सकेका छैनन् । यति निरह मन्त्रीले बरु राजीनामा गरेको भए बेस हुने थियो ।
अर्का हुन् भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला । देशकै विकास निर्माणको जिम्मा लिएको मन्त्रालयका नाइके खोजी सुचिमा राख्नु पर्ने खालका छन् । यीनको दिन चर्या कसरी वित्छ सचिवालयलाई बाहेक मन्त्रालयकै कर्मचारीलाई पनि थाहा छैन । बल्ल बल्ल काठमाडौँको रत्नपार्कबाट भक्तपुरको सुर्यविनायकसम्म द्रुत बस सेवा संचालन गर्ने भनेर करोडौँ रकम सडकमा एकै रातमा खन्याए । त्यो योजना एक दिन पनि टिक्न सकेन । तीनै मन्त्री र सचिवहरुको लस्कर उद्घाटनमा देखिनु बाहेक अर्काे बस गुड्न पाएन । साँघु्रो सडक, अस्तव्यस्त ट्राफिक अवस्थाकाबीच आलाकाँचो निर्णय लादेर प्रकाश ज्लावाले आफ्नो अपरिपक्वता मज्जैले झल्काए ।
अर्का छन्, कृषि मन्त्री बेदुराम भुषाल । कृषिमा व्यापक सुधार गर्ने भनेर सरकारले ५८ अर्व ९८ करोड रुपैयाँ बजेट कृषि मन्त्रालयलाई छुट्याएको छ । तर यत्रो बजेट चलाउने मन्त्री लोसे समूहको अध्यक्ष जस्ता छन् । एमालेसंग फुटेर माधव नेपालसंगै लंगौटी समातेर नेकपा एसमा पुगेका भुषाललाई रहर पुर्याउन मन्त्री बनाइयो । विचरा बैचारिक बहस गर्ने, किताव पढेर बस्न रुचाउने बयोवृद्धलाई शारिरिक स्फूर्ति, योजना बनाउन सक्ने व्यक्ति मन्त्री बनाउनु पर्ने ठाउामा पुर्याइयो । जिवनको उत्तरार्धमा मन्त्री हुन पाइयो । सरकारी चाक्कर पुगेकै छ । बस यही सहि । कृषक बाँचे बाँचुन मरे मरुन के मतलव ?
अर्का छन् अशोक राई । यीनको अनुहार त पत्रपत्रिका र र टिभिमा त देख्नुभएकै होला । यीनि शिक्षा मन्त्री छन् । यीनले जविनमा अब फेरि सत्तामा पुग्छु भनेर कल्पना पनि गरेका थिएनन् होला । तर भाग्य भएपछि डोकोमा दोहे पनि दुध अडिन्छ भने जस्तो अशोक राईलाई भयो । शिक्षा मन्त्री बने । उनलाई मन्त्री भएको घमण्ड सानो छैन । भ्याई नभ्याई सानो छैन । कोको संग गफ चुट्ने भन्ने सुची ३÷४ दिन देखि सुरु हुन्छ । काम चाहीँ वरको सिनका पर सारेका छैनन् । एक थान मन्त्री हुनैका लागि राजनीति गर्नेहरुबाट अरु आस गर्नु पनि बेकार नै हो ।
यीनको अनुहार पनि देख्नु भएकै छ । नाम शरदसिंह भण्डारी । जिम्मेवारी श्रम तथा रोजगार मन्त्री । तर मन्त्री आफैँ बेरोजगार भन्दा माथि छैन । दिनभर िमन्त्रालय र सरकारी क्वार्टरमा बसेर कस्ता सेटिङ गरिरहेका छन् खुल्दै जाला तर श्रम रोजगारकिा क्षेत्रमा सम्झन लायक एउटा पनि काम देखिएको छैन ।
सहरी मन्त्री सिता गुरुङ, उर्जा मन्त्री शक्ति बस्नेत, खानेपानी मन्त्री महिन्द्र राय यादव, महिला मन्त्री सुरेन्द्र राज आचार्य यी सबै थपना मात्रै हुन् । उनीहरु यही सरकारको बहालावाला मन्त्री हुने भन्ने महसुस जनतालाई छैन ।
कामभन्दा ज्यादा हल्ला गर्ने मन्त्रीको सुचीमा सम्भवत पहिलो नम्बरमा आउन्छन् पर्यटन मन्त्री सुदन किराँती । यीनको विशेष्ता भनेकै काम कम हल्ला ज्यादा हो । स्टन्टका लागि अर्थ न बर्थ संग दौडिने बाहेक यीनको अरु काम देखिएको छैन । मिडियालाई अघिपछि लगाएर बेतुकको भाषण गर्ने र बतासिने यीनको दिनचर्या बनेको छ । पर्यटन क्षेत्रमा सिन्को बाँचन नसकेका किराँतीले आफ्नै मन्त्रालयका कर्मचारी र विभागका प्रमुखहरुलाई विच्काएर, बे अर्थको गालीगलौज गरेर भद्रगोल बनाएका छन् ।
अर्का पात्र हुन् मोहन बहादुर बस्नेत । उनी स्वास्थ्य मन्त्री छन् । तर चर्चाकै लागि अस्वभाविक स्टन्ट गर्ने यीनको विशेष्ता हो । यस्ता परिणामहिन्, कमजोर कार्यक्षमता भएका मन्त्रीहरुलाई रिप्लेस गरि काविल व्यक्तिहरुलाई मन्त्री बनाउने ल्याकत सरकारसंग हुनु पर्ने हो । तर देखिएन । सत्ताको नेतृत्व गरिरकेको माओवादी केन्द्रका प्रवक्ता अग्नी सापकोटाले यस तर्फ पार्टीहरु सचेत रहनु पर्ने र छलफल गर्ने बताएका छन् ।
अहिले गर या मरको शैलीमा मन्त्रीहरुले क्षमता प्रदर्शन गर्नु पर्ने हो । पश्चिम नेपालमा भुकम्पको पीडा छ । सरकारको मुल शक्ति त्यसतर्फ नै केन्द्रीत बनेको देखिन्छ तर विषयगत मन्त्रालयका मन्त्रीहरु कहाँ छन् जनताले टर्च बालेरै खोज्नु पर्ने स्थिति पैदा भएको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com