फागुन, १ । बेलुन नेपालले भ्यालेन्टाइन डे अर्थात प्रणय दिवसको अवसरमा हट एयर बेलुनमा उड्ने जोडीलाई विशेष अफर ल्याएको छ । यस वर्षको भ्यालेन्टाइन डे को अवसरमा विशेष छुटमा हट एयर बेलुन उड्न पाइने भएको हो। नेपालमा एक मात्र हट एयर बेलुन सञ्चालन गरिरहेको बेलुन नेपालले भ्यालेन्टाइन डेको अवसरमा १४ प्रतिशत छुट अफर दिएको कम्पनीका अध्यक्ष बिक्रम बाडेले बताउनुभयो ।
हट एयर बेलुनमा उड्ने जोडीलाई यो अफर फेब्रुअरी २० सम्म रहने बाडेले बताउनुभयो। अहिले नेपाली पर्यटकले आधा घन्टा उडानको लागि नौ हजार ५०० सय रूपैयाँ प्रति व्यक्ति तिर्दै आएका छन् । जसमा अहिले १४ प्रतिशत छुट पाउँदा नौ हजार १७० रूपैयाँ मा हट एयर बेलुन उड्न सकिनेछ। छुट प्राप्त गर्न २ जनाको लागि बुकिङ गर्नु पर्नेछ।
हट एयर बेलुन तातो हावाले भरिएको बेलुनमा बसेर मनोरम दृश्यावलोकन गरिने साहसिक खेल हो । यो साहसिक खेल जमिनको सतहबाट ९ हजार फिटसम्म उड्न सकिन्छ । हट एयर बेलुनबाट पोखरा सहर, फेवाताल, पुम्दीकोट र सराङकोटसँगै फराकिलो हिमश्रृंखला हेर्न सकिन्छ। यस्तै फिसटेल, अन्नपूर्ण तथा धौलागिरी श्रृंखलाहरू तथा विभिन्न तालहरूको समेत दृश्यावलोकन गर्न सकिन्छ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com