फागुन, २९ । गृहमन्त्री रबि लामिछानेले अपराधिलाई कारबाही गर्न कसैको आदेश नकुर्न प्रहरीलाई निर्देशन दिएका छन् । आज सामाजिक सञ्जाल फेसबुक मार्फत गृहमन्त्री लामिछानेले लेखेका छन्, ‘कारवाही गर्न मेरो वा कसैको आदेश कुर्नु पर्दैन।’
उनले फेसबुकमा लेखेको स्टाटस यस्तो छ
देश भरका सम्पुर्ण राष्ट्रसेवक प्रहरीहरु लाई मेरो अपिल :
देशको कुनै पनि भागमा कुनैपनि ब्यक्ति वा समुहले गैरकानुनी काम गरेको छ, गैरकानुनी धन्दा चलाएको छ,कर छली गरेको छ, गुण्डागर्दी, धाक धम्की, तस्करी लगायतका अपराध गरेको छ भने त्यसलाई कारवाही गर्न मेरो वा कसैको आदेश कुर्नु पर्दैन। ऐन पल्टाउनुस् र देखाइदिनुस् कानुनी राज्य भनेको के हो। तपाईंले मलाई होइन मैले तपाईलाई सलाम गर्ने गरि काम गर्नुहोस् । मेरो शुभकामना छ। जय नेपाल ( पार्टी वाला होइन, देश वाला)
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com