कार्तिक, २१ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विशाल भट्टराई नेकपा एमालेको मात्रै नभई राष्ट्रकै इमान्दार राजनीतिक व्यक्ति भएको बताउनुभएको छ ।
शालिनता र इमान्दारीताको विशेषता बोकेका भट्टराई विकासप्रेमी नेताको रुपमा आफुले चिनेको अध्यक्ष ओलीको भनाई छ । आज ह्वाईट खबर डटकम संग संक्षिप्त कुरा गर्ने क्रममा एक फरक प्रसंगमा अध्यक्ष ओलीले विशाल भट्टराईको प्रसंशा गरेका हुन् । एमाले पोलिटव्युरो सदस्य, संसदीय दलको प्रमुख सचेतक समेत रहेका विशाल भट्टराई खोटाङबाट आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका छन् ।
कुराकानीका क्रममा काँग्रेस र माओवादीको गठवन्धन चुनावका लागि मात्रै बनेको भन्दै मतदाताहरुले पटक्कै मन नपराएकोले यस पटक एमालेकै पल्ला भारी हुने जिकिर गरे । राष्ट्रियताको मुद्यालाई झनै दरिलो बनाउनका लागि एमाले संसदमा पहिलो दल हुनै पर्ने ओलीको जिकिर छ । त्यसका लागि विशाल भट्टराई जस्ता जुझारु, इमान्दार र कर्तव्यपरायण नेताहरु संसदमा हुन जरुरी रहेको ओलीको टिप्पणी छ ।
खोटाङले राष्ट्रिय राजनीतिमा निर्णायक भूमिका निभाउने दह्रो नेता पाइसकेकाले भट्टराईलाई निरन्तरता दिँदा खोटाङको समग्र विकास निर्माणमा पनि असाधारण योगदान पुग्ने ओलीको भनाई छ । उनले भने, ‘उहाँ मलाई मन पर्ने नेता हो, राष्ट्रिय राजनीति मिलाउने खुबी पनि छ, जिल्लाको विकासमा पनि म संग उत्तिकै छलफल गर्नुहुन्छ, उहाँ एमालेको मात्रै होइन, उहाँलाई म राष्ट्रकै नेताको रुपमा चिन्दछु ।’ उनले थपे, ‘मलाई विश्वास छ,, विशाल कमरेडलाई खोटाङका जनताले न्याय गर्नुहुन्छ । प्रदेशका साथीहरुले पनि भारी मतले विजयी प्राप्त गर्नुहुनेछ । गठवन्धनको त्यान्द्रो चुँडिनेछ ।’
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com