वैशाख, २८ । सोलुखुम्बुको सोताङ गाउँपालिकाले आफ्नो पालिकाभित्रका पशुपालक कृषकहरुलाई उन्नत जातका बोका र बंगुरका पाठा वितरण गरेको छ । गाउँपालिकाको ८० प्रतिशत अनुदानमा कृषकहरुलाई १२ ओटा उन्नत जातका वोयर बोका तथा बंगुर पाठा अध्यक्ष खिलराज बस्नेतले वितरण गर्नुभयो । प्रत्येक वडामा पुग्नेगरि विउको रुपमा साढे दुई वर्षसम्म मास्न नपाउने गरि गाउँपालिकाले कृषकहरुलाई वितरण गरेको अध्यक्ष बस्नेतको सचिवालयले जनाएको छ । साथै, पशु बन्ध्याकरण गर्न १० जनालाई तालिमसहित आधुनिक मेशिन पनि सोताङ गाउँपालिकाले वितरण गरेको छ ।
अध्यक्ष बस्नेतले वडा नं १ मा गरिवसँग विशेश्वर कार्यक्रम अन्तर्गत अचार बनाउने सिप विकास तालिमको प्रमाणपत्र वितरण गरि समापन गर्नुभएको छ । यसअघि वडा नं २ मा पनि तालिम दिइएको र उत्पादित प्रोडक्टलाई पालिकाले बजारीकरण र प्रमोट गर्ने समेत अध्यक्षले प्रतिबद्धता जनाउनुभएको छ ।
उहाले निर्माणाधीन कुम्रु लुछ्ने खानेपानी अन्तर्गत ८० हजार लिटरको खानेपानी ट्यांकी,चिसानी सिगाने खानेपानी अन्तर्गत निर्माणाधीन ४० हजार लिटरको खानेपानी ट्यांकी,हलु मावि गौरिटारको भवन मर्मत र ट्रस्ट भवन निर्माण , निर्माणाधीन पन्चकन्या कालिका देवी मन्दिर परिसरको स्थलगत अनुगमन गर्दै समयभित्रै गुणस्तरीय काम गर्न निर्देशन समेत दिनुभएको छ ।
यस्तै, अध्यक्ष बस्नेतले निर्माणाधीन दुधकोशीको बेलिब्रिजको पनि स्थलगत अनुगमन गर्नुभएको थियो । पुलको अनुगमनपछि अध्यक्ष बस्नेतले अब एकहप्ताभित्र निर्माण सम्पन्न गरि उद्घाटनको तयारी गर्न निर्देशन दिनुभयो ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com