वैशाख, २८ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी प्रकरणमा संसदीय छानविन समिति गठन नभएसम्म विरोध कायमै राख्ने निर्णय गरेको छ । संसद भवन नयाँ बानेश्वरमा बसेको कांग्रेस संसदीय दलको बैठकले छानविन समिति कांग्रेसको बटमलाईन भएको भन्दै माग पुरा नभएसम्म विरोध जारी रहने निष्कर्ष निकालेको हो । बैठकपछि कांग्रेसका मुख्य सचेतक रमेश लेखकले सहकारी ठगी प्रकरणमा गृहमन्त्री संलग्न रहेको पुष्टि हुने प्रमाण देखिएकाले संसदीय छानबिन समितिको अडान कायमै राख्ने निर्णय भएको जानकारी दिनुभयो । उहाले छानबिन समिति गठन पार्टीको बटमलाइन भएको भन्दै उहाले त्यसबाट पछि नहट्ने स्पष्ट पार्नुभयो । संसद् बैठक अवरोध हुँदा त्यसको जिम्मेवार सरकार हुने उहाले बताउनुभयो ।
कांग्रेसले उठाएका बिषय सवै नेपाली जनताको चासो र सरोकारको बिषय भएको ठहर रहेको उहाको भनाइ छ । बैठकले सरकारको गैर जिम्मेवार र असंवेदनशील चरित्रले संसदीय छानविन समितिको आवश्यकतालाई थप पुष्टि गरेको निष्कर्ष निकालेको लेखकले बताउनुभयो । उहाले सहकारी ठगीमा संलग्न मानिसहरुलाई बचाउन सरकारले राज्यका संवैधानिक निकाय समेतको अवैधानिक र अमार्यादित ढङ्गले दुरुपयोग गरी रहेको धारणा राख्नुभयो ।
त्यस्तै बैठकले डढेलोबाट धनजनको क्षति प्रति दुःख व्यक्त गर्दै आगजनी तथा डढेलो नियन्त्रणका साथै विपदको घडीमा क्षति पुगेको घरपरिवारलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग गरेको छ । त्यस्तै बैठकले देशका बिभिन्न स्थानमा खानेपानी समस्या देखिएको भन्दै समस्याको समाधान तत्काल गर्न सरकारसंग माग गरेको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com