वैशाख, २८ । सोलुखुम्बुको पर्यटकीय क्षेत्र खुम्बु जोड्ने सडकको कालोपत्रे हुने भएको छ । सोलुदुधकुण्ड नगरपालिका वडा न ४ फाप्लुदेखि वडा नं १ टाक्सिन्दु, माप्यदुधकोशी गाउँपालिका १ हुदै खुम्बु जोड्ने सडक कालोपत्रेका लागि बोलपत्र आह्वान गरेको नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पाले बताउनुभयो । जसका लागि एसियाली बिकास बैंकको १० करोड भन्दा बढि आर्थिक लगानीमा ग्रामीण सडक संजाल आयोजनाले आज बोलपत्र आव्हान गरेको हो ।
नगरपालिकाको लामो समयको प्रयासपछि सडक कालोपत्रेको काम अघि बढेको हो। मेयर शेर्पाले सामाजिक सञ्जाल फेसबुक मार्फत खुसी व्यक्त गर्दै सोलुदुधकुण्ड नगरपालिका, माप्य दुधकोशी र खुम्बुवासीलाई बधाई समेत दिनुभएको छ । यो सडक कालोपत्रेसँगै खुम्बु क्षेत्रको पर्यटन बिकासमा ठूलो टेवा पुग्ने उहाँले बिश्वास व्यक्त गर्नुभएको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com