वैशाख, २७ । काठमाडौ महानगरपालिकाले महानगरभित्र रहेका कवाडी गोदाम हटाउने कार्यलाई तीव्रता दिएको छ । वस्तीका बिचमा रहेका कवाडी गोदामका कारण जोखिम उत्पन्न भएको भन्दै महानगरले महानगरभित्र रहेका कवाडी गोदाम हटाउने कार्यलाई तीव्रता दिएको हो ।
यसैक्रममा महानगरले बिहीबार वडा न २९ अनामनगरमा रहेको कवाडी स्थानीय जनप्रतिनिधि र महानगर प्रहरी बलद्वारा हटाएको छ । महानगर प्रहरीले डोजर प्रयोग गरेर कवाडी गोदाम भत्काएको हो । गोदाम खाली गर्न पटक पटक सूचना दिदा पनि अटेर गरेकाले डोजर प्रयोग गरेर हटाउनुपरेको महानगर प्रहरीले जनाएको छ । यता कवाडी व्यवसायीले भने तीनदिन अघिमात्रै सूचना आएको र गोदाम हटाउने तयारी गर्दा एक्कासी आएर डोजर लगाएको गुनासो गरेका छन् ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com