शाख, २७ । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सपथ लिनुभएको छ । बिहीबार अपरान्ह मुख्यमन्त्री कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङ समक्ष पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको हो ।
कार्कीसँगै दुई जना मन्त्रीले पनि शपथ लिएका छन् । नेकपा एमालेबाट राम राना र नेकपा माओवादी केन्द्रबाट गणेश उप्रेतीले मन्त्रीका रुपमा सपथ लिनुभएको हो । बिहीबार नै मुख्यमन्त्रीमा दावी पेश गर्नुभएका कार्कीलाई प्रदेश प्रमुखले बिहीबार नै मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com