
असोज, २३ । आगामी मंसीर ४ गते हुने निर्वाचनका लागि सिन्धुपाल्चोकमा गठबन्धनका साझा उम्मेदवारहरुले मनोनयन दर्ता गरेका छन् । आज दिउँसो सदरमुकाम चौतारा स्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर उनीहरुले मनोनयन दर्ता गराएका हुन् ।
बाम गठबन्धनका तर्फबाट माओवादीका पोलिटब्यूरो सदस्य माधव सापकोटाले सिन्धुपाल्चोक क्षेत्र नं. १ मा प्रतिनिधिसभाका लागि मनोनयन दर्ता गराएका छन् । त्यस्तै, माओवादीबाट प्रदेशतर्फ क्षेत्र नं. १ को (ख) प्रदेशमा सरल सहयात्री पौडेल र क्षेत्र न. २ (क) प्रदेशमा युवराज दुलालले मनोनयन दर्ता गराएका छन् ।
यस्तै, काँग्रेसबाट प्रदेश सभातर्फ क्षेत्र नम्बर १ को (क) बाट मसिना खड्का भन्डारीले उम्मेदवारी दर्ता गराएकी छन् ।
गठबन्धनबाट सिन्धुपाल्चोकमा माओवादीले तीन सिट पाएको छ । क्षेत्र नं. १ मा माओवादीबाट माधव सापकोटा उम्मेदवार बनेका छन् । उनी हाल नेकपा माओवादीका पोलिट्व्यूरो सदस्य रहेका छन् भने सिन्धुपाल्चोकका पार्टी इन्चार्ज पनि हुन् । अहिले उनी चुनावमा लड्न लागेको क्षेत्र नं. १ सभामुख अग्निप्रसाद सापकोटा निर्वाचित हुँदै आएको क्षेत्र हो ।
यस्तै, प्रदेशतर्फ क्षेत्र नं. १ को (ख) प्रदेशमा सरल सहयात्री पौडेल उम्मेदवार बनेका छन् । पौडेल माओवादी बागमती प्रदेश अध्यक्ष हुन् । यस्तै, क्षेत्र न. २ (क) प्रदेशमा युवराज दुलालले उम्मेदवार बनेका छन् । दुलाल बागमती प्रदेशका निवर्तमान सांसद हुन् भने पार्टीका पोलिट्व्यूरो सदस्य पनि हुन् ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com