वैशाख, २९ । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा सञ्चालित थुलुङ दुधकोशी अस्पतालले ल्याब सेवा थप गरेको छ । अस्पतालबाट दिरहेको ल्याव सेवामा आजदेखि थाइरोइड, HbA1c, भिटामिन डी, CRP quantitative, सोडियम पोटासियम लगायतका जाँचको सेवाहरु थप गरेको पालिकाका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो ।
अस्पतालबाट पालिकाबासीसँगै सोताङ गाउँपालिका र महाकुलुङ गाउँपालिकाका नागरिकले समेत स्वास्थ्य सेवा लिँदै आएका छन् । अस्पतालले ओपिडी, एक्सरे, इसिजी, यूएसजि, डेन्टल ओपिडी, डेन्टल एक्सरे, आँखा सेवा र माइनर ओटी सेवा प्रदान गर्दै आएको छ । यस्तै, अस्पतालले जेष्ठ नागरिकलाई ५० प्रतिशत, असक्त, अपांग र गरिबीको रेखामुनिका विरामी र सामान्य प्रसुतिलाई सतप्रतिशत छुटमा उपचार सेवा उपलब्ध गराउदै आएको छ ।
गाउँपालिका अध्यक्ष असिम राईले अस्पतालको क्षमता बढाउँदै लैजाने र पालिकाका नागरिकलाई गुणस्तरिय स्वास्थ्य सेवा उपलब्ध गराउने कुरामा आफु प्रतिबद्ध रहेको बताउनुभयो ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com