काठमाण्डौ, साउन ११ । सोलुखुम्बुको थुलुङ दुधकोसी गाउँपालिकाले ४० लाख रुपैँया रकमको कोष बनाएर विपद् व्यवस्थापनको काम गर्ने भएको छ ।
वर्षातको समय भएकाले आइपर्ने विपद्लाई मध्यनजर गर्दै गाउँपालिकाले कोष बनाउने निर्णय गरेको अध्यक्ष असिम राईले बताए । यस्तै, विपद्मा परि विस्थापित भएकालाई राहत दिने गाउँपालिकाले निर्णय गरेको छ ।
गाउँपालिकाले पुर्ण बिस्थापित भएका प्रतिपरिवारलाई १० हजार रुपैयाँका दरले आर्थिक सहयोग गर्ने छ । अहिले गाउँपालिकाको वडा नं– ५ जुबु र वडा नं–६ मुक्लीका केहि वस्ती जोखिममा रहेका छन् ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com