जेठ, १ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मंगलबारको संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपतिलाई सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने निर्णय गरेको छ । मंगलबार बसेको संसदीय दलको बैठकले राष्ट्रपतिले संयुक्त सदनमा सरकारको नीति तथा कार्यक्रम पेश गर्दा अवरोध नगर्ने निर्णय गरेको बैठकपछि कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो । राष्ट्रपतिको गरिमा, मर्यादा र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था हेरेर राष्ट्रपतिले सम्बोधन गर्ने बैठकमा कांग्रेसले भाग लिने र अवरोध नगर्ने निर्णय गर्दै त्यसपछि बस्ने कुनै पनि बैठक सहज ढंगले सञ्चालन गर्न नदिने निर्णय गरेको उहाँको भनाइ छ ।
सहकारीको रकम अपचलनबारे गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन नगरेसम्म सदनको कुनै कार्यसूची अगाडि बढ्न नदिने भन्दै उहाँले यसबाट उत्पन्न हुने परिणामको जवाफदेहीता सरकारले लिनुपर्ने बताउनुभयो । प्रमुख सचेतक लेखकले सहकारीको अर्बौं रकम हिनामिना हुँदा पनि सरकार चुप लागेर बसेको आरोप लगाउनुभयो । यस्तै बैठकमा गिरिबन्धु टिस्टेटबारे सर्वोच्च अदालतले गरेको फैसलाबारे छलफल भएको र यो विषयले बैठकमा प्रवेश पाए पनि यसबारे व्यवस्थित धारणा ल्याउने प्रमुख सचेतक लेखकले बताउनुभयो ।
राष्ट्रपति पौडेलले मंगलबार संघीय संसदमा सरकारको आगामी आर्थिक वर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com