जेठ, ८ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसको ध्यान सत्तामा भन्दा अन्त केन्द्रीत हुन नसकेको बताउनुभएको छ । मंगलबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै ओलीले कांग्रेस सत्ता स्वार्थमा मात्र लागेको र लोकतान्त्रिक मुल्य मान्यतामा अडिग नहुँदा तत्कालै सहकार्य हुन सक्ने स्थिति नदेखिएको बताउनुभयो । अध्यक्ष ओलीले नेपाली कांग्रेसले आफुलाई सम्हाल्न सक्नुपर्ने बताउदै संसदमा रहेको गतिरोध बीच नै बजेट पारित हुन सक्ने धारणा राख्नुभयो ।
अगाडीका बर्षहरुमा पनि विरोधकाबीच बजेट ल्याइएको भन्दै अव पनि विरोधकैबीच बजेट आउने उहाको भनाइ छ । अध्यक्ष ओलीले बैशाख ५ गते बेलुका भएको सहमति अनुसार अघि बढ्न सके संसदीय छानविन समिति बन्न सक्ने धारणा राख्नुभयो ।
मुलुकमा लोकतान्त्रिक मुल्य मान्यता र सुशासन कायम गरी विकासको बाटोमा मुलुकलाई अगाडि बढाउन सहमति र सहकार्यमा एमाले जुटेको उहाले बताउनुभयो ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com