जेठ, २७ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले संसदमा आफुले कसैको नाम नलिएको र कसैलाई दोषारोपण नगरेको बताउनुभएको छ । आइतवार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै लामिछानेले आफुले संसदमा बोलेको कुरालाई नेपाली कांग्रेसले संसदीय मल्य मान्यता र मर्यादाहिन भएको आरोप लगाएपछि आफु त्यसबारे जवाफ दिन तयार रहेको समेत बताउनुभयो ।
उहाले आफुले सञ्चारमाध्यममा आएका अन्य बिषयहरु सदनमा राखेको प्रष्ट पार्नुभयो । लामिछानेले अनुसन्धानको विषय वाहिर हल्ला नहुने बताउदै विभिन्न घोटाला काण्डहरुको छानबिन कार्य भईरहेको र समय आएपछि त्यसबारे जानकारी दिनुभयो । गृहमन्त्री लामिछाने विराटनगरमा सुरक्षा गोष्ठी लगायत विभिन्न कार्यक्रम सम्बोधन गर्न विराटनगर पुग्नुभएको हो ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com