जेठ, ९ । सोलुखुम्बुको दुधकोशी नदीको दिप्लिघाटमा बनेको बेलिबृजको आज उद्घाटन गरिएको छ । सिलान्यास भएको २ महिनाभित्रै बेलिब्रिज निर्माण सम्पन्न भएपछि आज एक कार्यक्रमकाबीच बेलिब्रिजको उद्घाटन गरिएको हो । बेलिबृजको उद्घाटन सोताङ गाउँपालिका अध्यक्ष खिलराज बस्नेतले गर्नुभयो ।
महाकुलुङ गाउँपालिकाका अध्यक्ष सुर्य कुलुङको सभापतित्व भएको उद्घाटन कार्यक्रममा महाकुलुङ गापा उपाध्यक्ष बिपना कुलुङ, गौरीशंकर र मकालु एपेक्स हाइड्रोपावरका संस्थापक अध्यक्ष इन्द्र थापा, सोताङ गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत श्रीधोज राई, नेपाली काँग्रेस सोताङ गाउँपालिकाका सभापति कृष्ण कार्की, वडा नम्बर ३ वडाध्यक्ष गोकर्ण बस्नेत, वडा नम्बर १ का वडाध्यक्ष जङ्ग गुरुङ, पार्टी प्रतिनिधिहरु तथा गाउँपालिका बासीको सहभागिता रहेको थियो ।
थुलुङ दुधकोशी गाउँपालिका ८ र सोताङ गाउँपालिका १ को सिमानामा पर्ने दिप्लीघाटमा गत भदौ ८ गते बाढिले बेलिब्रिज बगाएपछि दुई गाउँपालिकाबासीलाई आवतजावतका लागि निकै समस्या हुँदै आएको थियो । पुल नभएपछि दिप्लीघाटमा ह्युम पाइम राखी अस्थायी रुपमा सवारी आवतजावत गराइँदै आएको थियो ।
बर्खा लाग्नु अघि नै पुल निर्माण गर्ने हेतुले सोताङ गाउँपालिकाका अध्यक्ष खिलराज बस्नेतले पहलकदमी लिएका थिए । अध्यक्ष बस्नेतको पहलमा बेलिब्रिज निर्माणको काम गएको चैत ५ सुरु गरिएको थियो ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com