अमेरिकी भ्रमणबारे प्रधानमन्त्री देउवासँग संसदीय समितिले छलफल गर्ने|अमेरिकी भ्रमणबारे प्रधानमन्त्री देउवासँग संसदीय समितिले छलफल गर्ने
प्रधानमन्त्री शेरबहादुर देउवालाई संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले अमेरिका भ्रमणका बारेमा जानकारी लिन बोलाएको छ । समिति सभापति पबित्रा निरौला खरेलले समितिको बैठकले प्रधानमन्त्रीलाई छलफलका लागि असार ५ गतेको बैठकमा बोलाउने निर्णय भएको जानकारी दिइन्
बैठकले त्यसअघि ३ गते समितिले नेपालको परराष्ट्र नीतिबारे परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग छलफल गर्ने निर्णय गरेको छ ।
उनले प्रधानमन्त्री र परराष्ट्र मन्त्री दुबैलाई समितिमा उपस्थित हुन पत्राचार गरिने पनि बताइन् ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com