बाम गठबन्धनका विषयमा आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठबीच छलफल भएको छ । उनीहरु निकट स्रोतले आइतबार साँझ ओलीलाई भेट्न श्रेष्ठ ओली निवास बालकोट पुगेका र झण्डै साढे २ घण्टा चलेको भेटमा मुख्य तीन विषयमा छलफल भएको बताएको छ ।
माओवादी नेता श्रेष्ठ र एमाले अध्यक्ष ओलीबीच भेटघाट
बाम गठबन्धनका विषयमा आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठबीच छलफल भएको छ । उनीहरु निकट स्रोतले आइतबार साँझ ओलीलाई भेट्न श्रेष्ठ ओली निवास बालकोट पुगेका र झण्डै साढे २ घण्टा चलेको भेटमा मुख्य तीन विषयमा छलफल भएको बताएको छ ।
दुई नेताबीच राष्ट्रियता, मुलुकको समग्र परिस्थिति, वाम आन्दोलन बारे छलफल भएको थियो । ‘राष्ट्रियताको बारेमा इतिहासमा नभएको संकट देखा पर्यो देश कसरी बचाउने भन्ने बारेमा कुराकानी भयो,’ श्रेष्ठ निकट एक नेताले भने, ‘एमसीसी संसद विघटन, पार्टी विभाजनलगायतबारे छलफल भएको छ तर कुनै पनि विषयमा ठोस निष्कर्षमा पुग्न सकिएन ।’
नेता श्रेष्ठले पनि ओलीसँग आफ्नो भेट भएको पुष्टि गरे । तर भेटमा भएको कुराकानीबारे बताउन भने चाहेनन् ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com