
सोमबार प्रतिनिधिसभामा जरुरी महत्वको प्रस्तावमाथि छलफलमा भाग लिदै सरकारले खेतीका बेला मल उपलव्ध नगराए किसानहरुले रत्नपार्कमा हलो जुवा बोकेर आन्दोलन गर्नुपर्ने अवस्था आउनसक्ने एमाले सांसद घनश्याम खतिवडाले चेतावनी दिएका छन् ।
उनले रवि बालीमा मल नपाएका किसानहरू अब धान लगाउने बेलामा पनि मल नपाए रत्नपार्कमा हलो जुवासहित आन्दोलनमा आउन बाध्य हुने बताए ।
‘रवि बालीमा पनि मल अभाव नै देखियो, अब धान बालीमा पनि अभाव देखियो भने किसानहरुले रत्नपार्कमा हलो जुवा बोकेर आन्दोलन गर्ने दिन नआओस्’, सांसद खतिवडाको सरकारलाई चेतावनी छ ।
उनले किसानको वेथा आफुहरुले संसदभित्र बोलेको भन्दै कृषि क्षेत्रमा सरकारको धेरै उदासिनता देखिएको र नेपालमा १२ लाख मेट्रिक टन आवस्यक भएपनि सरकार केही मेट्रिक टन ल्याएर टार्ने प्रयासमा रहेको आरोप समेत लगाएका छन्।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com