काठमाडौं, साउन २ । संसदीय छानबिन समितिको बैठक सकिएको छ । सोमबार बसेको छानबिन समितिले सिसिटिभी फुटेज पत्ता नलाग्ने निष्कर्ष निकालेको छ ।
समितिले अर्थ मन्त्रालयको सिसिटिभी फुटेज ’रिस्टोर’ हुने सफ्टवेयर मगाएको थियो। तर त्यहाँ केही पनि फेला नपरेको एक समिति सदस्यले बताए । यी सबै प्रक्रिया सकेपछि अर्थमन्त्रीसँग सोधपुछ गरिने उनले बताए ।
यसअघि आइतबार बसेको समितिको बैठकमा सिसिटिभी फुटेज हेर्ने व्यक्ति बोलाइए पनि फुटेज प्राप्त नभएको बैठकमा बताइएको थियो । तत्कालीन अर्थमन्त्री शर्माले २०७९-८० को बजेट बनाउने क्रममा अनधिकृत व्यक्ति मध्यरातमा अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप लागेसँगै ११ सदस्यीय संसदीय विशेष छानबिन समिति बनेको छ । पूर्वअर्थमन्त्री शर्माले संसदीय छानबिन समिति बनेसँगै अर्थमन्त्रीबाट राजीनामा दिएका थिए ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com