काठमाण्डौ, साउन २ । युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले युक्रेनको सुरक्षा एजेन्सी (एसबीयू) का प्रमुख तथा महाअभियोजकलाई राजद्रोहको आरोप लगाउँदै दुई शक्तिशाली संस्थाबाट बर्खास्त गरेका छन् । उनले रुस नियन्त्रित क्षेत्रमा ६० भन्दा बढी कर्मचारी युक्रेनको विपक्षमा काम गरिरहेको आरोप लगाए । सुरक्षा निकायका अधिकारीहरूमाथि राजद्रोहका कूल ६५१ मुद्दा लगाइएको बीबीसीले उल्लेख गरेको छ ।
बर्खास्तीमा परेका इभान बाकानोभ र इर्याना भेनेडिक्टोभाले यसबारे प्रतिक्रिया सार्वजनिक गरेका छैनन् । आइतबार राति भिडियो सन्देश जारी गर्दै जेलेन्स्कीले उनीहरुले राष्ट्रको सुरक्षाको आधारशिला विरुद्धका शृङ्खलाबद्ध अपराध गरेको आरोप लगाए । यसले दुई प्रमुखमाथि ठूलो प्रश्नचिन्ह खडा भएको र यसको उपयुक्त जवाफ आवश्यक रहेको उनले जिकिर गरे ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com