साउन २९ । आफ्ना मागहरु समावेश गरि सङ्घीय निजामती सेवा ऐन तत्काल जारी गर्न सरकारलाई दबाब दिँदै आज पनि नायब सुब्बा अर्थात नासुहरुले आन्दोलन गरेका छन् ।
केहिदिनदेखि निरन्तर आन्दोलन गरिरहेका नासुहरुले हाम्रा माग पुरा गर, अनंकित कर्मचारीको वृत्ति विकास खोइ ? तहगत प्रणाली लागू गरियोस् जस्ता प्लेकार्ड लगाएर प्रदर्शन गरेका छन् । माग पुरा नभएसम्म आफुहरुको आन्दोलन नरोकिने उनीहरुको चेतावनी छ । रा.प.तृतीय श्रेणीको पदपूर्तिमा खुला ५० प्रतिशत, बढुवा ३० प्रतिशत, १० प्रतिशत आन्तरिक प्रतिस्पर्धा र १० प्रतिशत अन्तरतह प्रतिस्पर्धा कायम गर्न उनीहरुले सरकारसँग माग गरेका छन् । त्यस्तै, तहगत प्रणाली लागू गर्न, योग्यता पुगेका राजपत्र अनंकित कर्मचारीले पनि सहसचिव र उपसचिव पदमा प्रतिस्पर्धा गर्न पाउने व्यवस्था गर्न, सरुवा प्रणाली चक्रीय र पूर्वानुमान योग्य बनाउनुपर्ने उनीहरुको माग छ ।
नासु पशुपति पोखरेलले भोलीसम्म पनि माग सुनवाई नभए थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने तयारीमा रहेको जानकारी दिए ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com