भदौ, ८ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री देउवालाई भेट्न अध्यक्ष ओली बालुवाटार पुगेका हुन् ।
प्रधानमन्त्रीले भेट्न बोलाएपछि ओली बालुवाटार गएको बुझिएको छ । सत्ता गठबन्धनका दलहरुबीच सिट बाँडफाँटमा सकस परिरहेका बेला प्रधानमन्त्री देउवा र ओलीबीच भेटवार्ता भएको हो ।
भेटमा मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन, नागरिकता विधेयकलगायत विषयबारे छलफल भएको छ ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com