भदौ, १७ । आगामी मंसीर ४ गते हुने चुनावमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गोरखा जिल्लाबाट उठ्न सिफारिस गरिएको छ । माओवादी केन्द्र गोरखाले पार्टी अध्यक्ष प्रचण्डलाई गोरखा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभातर्फ उम्मेदवार बनाउन सिफारिस गरेको हो । तर, प्रचण्डले भने आफू चितवन क्षेत्र नम्बर ३ मै उठ्ने प्रतिक्रिया दिइरहेका छन् ।
माओवादी केन्द्र गोरखाले भने अध्यक्ष प्रचण्डसहित हरिराज अधिकारी र सुशीला सिंखडाको नाम उम्मेदवारमा सिफारिस गरेको छ । हरिराज २०७४ को चुनावमा गोरखा १ बाट निर्वाचित भएका थिए । गोरखाको क्षेत्र नम्बर २ बाट भने नारायणकाजी श्रेष्ठ, हितराज पाण्डे, चुडामणि खड्का र लेखनाथ न्यौपाने उम्मेदवार सिफारिस भएका छन् । २०७४ को चुनावमा वाम गठबन्धनबाट नारायणकाजी यो क्षेत्रमा उम्मेदवार थिए ।
त्यसबेला नेपाली कांग्रेसको समर्थनमा तत्कालीन नयाँ शक्तिका अध्यक्ष बाबुराम भट्टराईले चुनाव जितेका थिए । बाबुरामले मंसिर ४ मा हुने चुनावमा हँसिया हतौडाबाट चुनाव उठ्ने तयारी गरेका छन् । बाबुरामले गोरखा २ बाट उठ्ने बताइरहेका छन् ।
White Khabar डट कम का लागि
कपन-१०, काठमाडौं, बागमती प्रदेश
सूचना विभाग दर्ता नं. 3885-2079/80
[email protected]
whitekhabar.com